युवालाई देशमै गाडी चढ्ने वातावरण बनाउन सही नीति र व्यवसायिक रणनीति चाहिन्छ
काठमाडौं–युवाहरुको बढ्दो विदेश पलायन र नैरास्यतालाई रोक्न सरकारी नीति र...
वैशाख १३ अघि एलसी खोलिएका ८५० वटा कार, जीप र भ्यान नेपाल आउने भएका छन् । सरकारले वैशाख १३ गते राजपत्रमा सुचना प्रकाशन गरी विभिन्न १० प्रकारका सामानको आयतमा पूर्ण प्रतिवन्ध लगाएको थियो । उक्त सुचनामा प्रतिवन्ध लागु हुनुअघि एलसी खोलिएका मोटरसाइकल र मोवाइलको आयत सुचारु हुने उल्लेख भएपनि गाडीवारे कुनै उल्लेख नभएका कारण ती गाडी भन्सारमा रोकिएका थिए ।
सो समयअघि एलसी खोलेर भन्सार नाकासम्म आइपुगेका सवरीसाधनको जाँचपाँसमा कानुनी अड्चन देखिएपछि सरकारले पुन राजपत्रमा सुचना प्रकाशन गरी उक्त सयमअघि एलसी खोलीएका सवारीसाधनलाई नेपाल आउने बाटो खुल्ला गर्न लागेको हो । यससंगै भन्सारमा रोकिएका विभिन्न ब्रान्डका ती गाडी नेपाल आउने र यसले नजिकिँदै गरेको फेस्टिवल सिजनमा केही हदसम्म भएपनि राहत दिने व्यवसायीले महशुस गरेका छन् ।
विदेखी मुद्राको संचितीमा दवाव परेको भन्दै सरकारले पहिलोपटक वैशाख १३ देखी असार मसान्तसम्मका लागी कम्वस्चन इन्जिन जडित सवै प्रकारका प्यासेन्जर कार र २५० सिसी माथीका मोटरसाइकलको आयतमा प्रतिवन्ध लागएको थियो । उक्त प्रतिवन्धलाई कडाई गर्दै साउन १ देखी भदौ १४ सम्मका लागी पुन कार र १५० सिसी माथीका मोटरसाइकलको आयतमा प्रतिवन्ध लगाउँदै आइरहेको छ ।
आयतमाथीको प्रतिवन्ध लम्विदै गएपछि अटोमोवाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले घोषित अटो शो नै वन्द गर्नु परेको थियो । भलै उसले असोज ६ देखी ९ गतेसम्म इभी एक्सपो भने आयोजना गर्ने निर्णय गरेको छ ।
आयतमाथीको प्रतिवन्धले निरन्तरता पाउँदै गएपछि फेस्टिवल सिजन प्रभावित हुने भन्दै व्यवसायीले चिन्ता व्यक्त गर्दै आइरहेका छन् । दोस्रो चरणको प्रतिवन्ध भदौ १४ सम्मका लागी लागु गर्ने उल्लेख भएपनि सो समयपछि पनि प्रतिबन्ध लम्विनसक्ने व्यवसायीले संसय व्यक्त गरेका छन् । नाडाका अध्यक्ष ध्रुव थापाले गत साउन १ देखी आयत सुचारु हुने सरकारी प्रतिवद्धताको विपरित पुन प्रतिवन्ध लम्विएपछि भदौ १४ पछि पनि आयत खुल्ने विषयमा ढुक्क हुन नसकिने अबस्था सिर्जना भएको बताए ।
‘सवारीसाधनको मुख्य सिजननै प्रभावित बन्ने गरी प्रतिवन्ध लम्विदा यसले समग्र अटोमोवाइल व्यवसाय नै संकटमा परेको छ । अटोमोवाइल क्षेत्र अहिले इतिहाँसकै सवैभन्दा कठिन अबस्थाबाट गुज्रिरहेको छ । भलै विदेशी मुद्राको संचितीमा सुधार देखिन थालेका कारण छिट्टै प्रतिवन्ध हट्नेमा हामी आशाबादी छौ’ उनले नेपाल अटोसंग भने ।
काठमाडौं–युवाहरुको बढ्दो विदेश पलायन र नैरास्यतालाई रोक्न सरकारी नीति र...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको...
काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ औं बार्षिक साधरण सभामा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...