अपग्रेड सहितको मोटरहेड एमएच १५० आर नेपाल आउने
काठमाडौं – मोटरहेड एमएच १५० आर बाइक अझै अपग्रेड भएर आउने भएको छ । नेपालका...
बलिउड अभिनेता सलमान खान गत हप्ता पहिलो पटक बुलेटप्रुफ टोयोटा ल्यान्डक्रुजरमा देखिएका थिए । उनले केही महिनादेखि सो एसयूभीको प्रयोग गर्दै आइरहेका छन् ।
सलमान खान र उनका बुबालाई ज्यान मार्ने धम्कीपछि सलमान खानले बुलेटप्रुफ कार प्रयोग गर्न थालेका हुन् । टोयोटाले यसअघि नै नयाँ टोयोटा ल्यान्डक्रुजर एलसी ३०० अन्तर्राष्ट्रिय बजारमा लन्च गरिसकेको छ ।
यद्यपि सो बुलेटप्रुफ टोयोटा ल्यान्डक्रुजर भारतीय बजारमा लन्च गरिएको छैन । सलमान खानको नयाँ बुलेटप्रुफ टोयोटा ल्यान्डक्रुजर अन्तिम जेनरेशनको मोडल हो ।
टोयोटा ल्यान्डक्रुजर जस्ता कारलाई आफ्टरमार्केट आर्मरिङ चाहिन्छ । संसारभरि धेरै प्रतिष्ठित आर्मरिङ ग्यारेजहरू छन् । महिन्द्रा आर्मर्ड भेइकलले पनि ग्राहकको आवश्यकतामा आधारित आफ्टरमार्केट आर्मरिङ सेवा प्रदान गर्छ ।
यो वर्षको सुरुवातमा टोयोटा ल्यान्डक्रुजर ४ वर्षपछि भारतमा लन्च हुने जानकारी आएको थियो । कम्पनीले ३०० सिरिजको ल्यान्डक्रुजर एसयूभीलाई हालको माग पूरा गर्न ४ वर्ष लाग्ने पुष्टि गरेको थियो ।
कम्पनीले यो समयलाई घटाउने काम भइरहेको जनाएको छ । सो एसयूभीले राम्रो प्रतिक्रिया पाइरहेको छ । टोयोटा ल्यान्डक्रुजरले जापानमा मात्र नभई विश्वभर राम्रो प्रतिक्रिया पाएको छ । सो एसयूभी जुनमा सार्वजनिक गरिएको थियो । टोयोटा ल्यान्डक्रुजर अपडेट र नयाँ फिचर सहित ल्याइएको छ ।
काठमाडौं – मोटरहेड एमएच १५० आर बाइक अझै अपग्रेड भएर आउने भएको छ । नेपालका...
काठमाडौं – मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले...
काठमाडौं – एसजी ग्रुप अन्तर्गत नेपालमा बिक्री–वितरण भइरहेका मोटरहेड र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...