भदौं ७ देखि हुने भनिएको नाडा अटो शो स्थगित

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा आगामी भाद्र ७ देखि हुने भनिएको नाडा अटो शो २०२२ स्थगित भएको छ । नाडाको आज बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको हो । यद्यपि औपचारिक रुपमा यसको जानकारी सार्वजनिक गर्ने नाडाले बताएको छ ।

विभिन्न समयमा विभिन्न कारणले थला परेको अटो व्यवसायमा हालै सार्वजनिक मौद्रिक नीतिले झनै थला पारेको छ । एलसी खोल्नका लागि तोकिएको नगद मार्जिनलाई विस्तारै खुकुलो बनाउने बताए पनि अहिले नै यसलाई खुकुलो गरिएको छैन ।

यो भन्दा पहिले साउन १ देखि आयात प्रतिबन्ध खुल्ने अपेक्षा गरे पनि सरकारले सो प्रतिबन्धलाई निरन्तरता दिएको छ । पहिलो चरणमा सवै प्रकारका कम्वस्चन इन्जिनयुक्त प्यासेन्जर कार र २५० सीसी माथिका मोटरसाइकलको आयातमा पूर्ण प्रतिबन्ध लगाएको सरकारले केही दिनअघि फेरि आयातमा कडाई गर्दै प्रतिवन्धलाई भदौ १४ गतेसम्मका लागि लम्ब्याएको छ । यस पटकको प्रतिबन्धमा निम्न मध्यम आय स्तर भएका सर्वसाधारणले प्रयोग गर्ने १५० सीसी माथिका मोटरसाइकलमा समेत प्रतिबन्ध थोपरिएको छ ।

नयाँ सवारी साधन भित्र्याउन नपाएको अवस्थामा अटो शोको औचित्य नहुने भन्दै हाललाई शो स्थगित गरिएको र आगामी दिनमा नयाँ मिति टुंगो लगाइने बताइएको छ ।

यो भन्दा पहिले सन् २०२० र २०२१ को नाडा अटो शो पनि कोभिडका कारण हुन सकेको थिएन ।

फाइल तस्बिर

सम्बन्धित समाचारहरू

सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी  प्रस्तावित निर्देशिकामा नाडाको चासो

सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो

काठमाडौं–नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले यातायात व्यवस्था विभागका...

अटो शोमा तीन नयाँ ब्रान्डका मिनीकार, मूल्य २० लाख देखि २६ लाखसम्म

अटो शोमा तीन नयाँ ब्रान्डका मिनीकार, मूल्य २० लाख देखि २६ लाखसम्म

काठमाडौं– भृकुटिमण्डपमा जारी नाडा अटो शो–२०२४ मा तीन नयाँ ब्रान्डले...

प्रतिबन्धका कारण अटो शो सर्न सक्ने नाडा अध्यक्ष थापाको भनाइ

प्रतिबन्धका कारण अटो शो सर्न सक्ने नाडा अध्यक्ष थापाको भनाइ

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...