प्रतिबन्धका कारण अटो शो सर्न सक्ने नाडा अध्यक्ष थापाको भनाइ

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ७ देखि आयोजना गर्ने तयारी थालेको अटो शो सर्न सक्ने देखिएको छ । सवारीसाधन आयातमाथिको प्रतिबन्ध कायमै रहेको समयमा अटो शो आयोजना गर्ने घोषणा गरेको नाडाले पहिलो चरणको प्रतिबन्ध हटेर आजदेखि आयात सुचारु हुने अपेक्षा राख्दै आएको थियो ।
तर सरकारले मोटरसाइकलको आयातमा थप कडाई गर्दै पहिलेको प्रतिबन्धलाई भदौ १४ सम्म लागु गर्ने निर्णय लिएपछि उक्त शो आयोजना हुने विषयमा संशय पैदा भएको हो । संघका अध्यक्ष ध्रुव थापाले पछिल्लो घटनाक्रमलाई अटो शोसँग जोडेर छलफल गरेछि उचित निर्णय लिइने बताए ।

उनले भने, ‘आजदेखि आयात खुल्नेमा हामी अटोमोबाइल व्यवसायी ढुक्क थियौं । उद्योग वाणिज्य मन्त्रिसँगको भेटमा पनि उहाँले साउन १ गतेबाट आयात खुल्छ भन्नुभएको थियो । तर अचानक मध्यराती राजपत्रमा सूचना प्रकाशन गरेर प्रतिबन्ध थपियो । यसले हामीलाई एकदमै अप्ठ्यारो स्थितिमा पुर्याइदिएको छ । सरकारको यो निर्णयले अटो शो तोकिएकै समयमा आयोजना गर्ने वा पछि सार्ने भन्ने विषयमा सोच्नुपर्ने अवस्था आएको छ । सवैजना व्यवसायीसँग सल्लाह गरेर यस विषयमा छिट्टै निर्णय लिनेछौ ।’

आयतमाथिको प्रतिबन्ध जारी रहेकै समयमा अटो शो गर्न नहुने व्यवसायीको समेत राय रहँदै आएको छ । प्रतिबन्ध जारी रहँदा नयाँ गाडी आयात गर्न समस्या हुने र पुरानै गाडी सोकेश गर्दा दर्शकको सहभागिता कम हुने कारण यस्तो समयमा अटो शो गर्नु उपलव्धिमूलक नहुने एक व्यवसायीले नेपाल अटोसँग बताए ।

अटो शो र लगत्तै सुरु हुने फेस्टिभल सिजनमा वर्षभरी बिक्री हुने कुल सवारीको झन्डै ४० प्रतिशत हाराहारी बिक्री हुँदै आएको अध्यक्ष थापाको भनाइ छ । ‘यो सिजन सवारी बिक्रीको प्रमुख सिजन पनि हो । राज्यले ठूलो रकम राजस्व संकलन गर्ने समय पनि हो । तर सुन र सुपारीलाई आवश्यक ठान्ने सरकारले गाडी र मोटरसाइललाई विलासी वर्गमा राखेर आयात रोकेको छ । यो भन्दा ठूलो विडम्बना अरु के हुनसक्छ । यसले आम नागरिकको मोबिलिटीमा असर त गर्छ नै राजस्व संकलन प्रभावित हुँदा देशको अर्थतन्त्रमै गम्भीर धक्का दिनेछ ।’ उनले भने ।

कोभिडका कारण यसअघिका २ वटा शो आयोजना गर्न नपाएको नाडामाथि यसपाली जसरी भएपनि फेस्टिभल सिजन अगावै अटो शो गर्नुपर्ने दवाव रहँदै आएको छ । अटो शो तोकिएकै समयमा आयोजना गर्ने तयारी अनुरुप उसले स्टल वुक समेत गराइसकेको छ ।

सम्बन्धित समाचारहरू

युवालाई देशमै गाडी चढ्ने वातावरण बनाउन सही नीति र व्यवसायिक रणनीति चाहिन्छ

युवालाई देशमै गाडी चढ्ने वातावरण बनाउन सही नीति र व्यवसायिक रणनीति चाहिन्छ

काठमाडौं–युवाहरुको बढ्दो विदेश पलायन र नैरास्यतालाई रोक्न सरकारी नीति र...

करण चौधरीले घोषणा गरे टिम : सबै क्षेत्रलाई समेटेर अटो क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता

करण चौधरीले घोषणा गरे टिम : सबै क्षेत्रलाई समेटेर अटो क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि...

अटोमोबाइल क्षेत्र धराशायी हुँदा व्यवसायी पलायन हुने अवस्था आएको नाडा अध्यक्ष चौधरीको भनाइ

अटोमोबाइल क्षेत्र धराशायी हुँदा व्यवसायी पलायन हुने अवस्था आएको नाडा अध्यक्ष चौधरीको भनाइ

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...