गाडी र मोटरसाइकल आयातमा लागेको प्रतिबन्ध ३ दिनपछि सकिँदै, सुचारु हुनेमा व्यवसायी आशावादी

सरकारले कम्वस्चन इन्जिनयुक्त गाडी र २५० सीसी माथिका मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्ध ३ दिनपछि अर्थात असार ३२ बाट सकिँदै छ । उक्त समय अगावै मन्त्रिपरिषदबाट थप प्रतिबन्ध लगाउने निर्णय नगराए आयात स्वतः खुल्ने देखिन्छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधिहरुसँगको भेटमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले असार मसान्तपछि गाडी र मोटरसाइकलको आयात खुल्ने बताँउदै आएका थिए । सोही आधारमा पनि सरकारले उक्त समय अवधिपछि आयात खोल्ने तयारी गरेको सहजै वुझ्न सकिन्छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख १३ गते राजपत्रमा सूचना निकालेर चालु वर्षको अन्त्यसम्म आयातमा प्रतिबन्ध लगाउने निर्णय लिएको थियो । उक्त समय अवधि सकिँनै लाग्दा सरकारी निकायहरु मौन वसेको कारण आयात खुल्ने लगभग पक्कापक्की जस्तै देखिएको हो । आयात खुलाउन व्यवसायीले प्रधानमन्त्री र तत्कालीन अर्थमन्त्रीसहित राष्ट्र बैंकका गभर्नरसम्मलाई भेटेर दवाव दिँदै आइरहेका थिए ।

सरकारले तोकेको समयसीमा सकिएसँगै आयात पुनः सुचारु हुने नाडाका अध्यक्ष ध्रुव थापाले बताए । ‘हामीले प्रधानमन्त्रिदेखि तत्कालीन अर्थमन्त्री, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री र राष्ट्र बैंकका गभर्नरलाई समेत भेटेर आयात खुलाउन माग राख्दै आइरहेका छौ । उहाँहरुले पनि समयसीमा वाँकी रहुन्जेलसम्म कुर्न आग्रह गर्दै उक्त समय सकिएसँगै पुनर्विचार गर्ने आश्वासन दिनुभएको थियो । उद्योग मन्त्रीले त हालको प्रावधान असार मसान्तसम्मका लागि मात्र लागू हुने भएका कारण सो समय सकिएपछि आयात खुल्ने बताउनु भएको थियो । सोही आधारमा पनि अब आयात खुल्नेमा हामी पूर्णरुपमा विश्वस्त वनेका छौ’ उनले नेपाल अटोसँग भने ।

गाडी र मोटरसाइकलको आयात बन्द हुँदा अटोमोबाइल व्यवसाय पुरै धरासायी वनेको वताउँदै उनले यदि उक्त समयसीमा पछि पनि आयात नखुल्ने हो भने व्यवसायीले बाध्य भएर सोरुममा तालाचावी लगाउनुपर्ने अवस्था सिर्जना हुने दुखेसो व्यक्त गरे । आयातमाथिको प्रतिबन्ध जम्मा ३ दिनका लागि मात्र वाँकी रहेको र हालसम्म यसलाई लम्ब्याउने कुनै जानकारी नआएको कारण आफूहरु आयात सुचारु हुनेमा पूर्ण आशाबादी भएको उनले बताए ।

कोरोना महामारीका कारण यसअघिको दुई वटा अटो शो आयोजना गर्न नपाएको नाडाले यसपाली भदौ ७ देखि अटो शो आयोजना गर्ने तयारी थालेको छ । उक्त शोमा नयाँ गाडी सोकेश गर्नका लागि पनि आयात खुलाउनै पर्ने दवावमा यो संस्था रहेको छ ।

आयातमा प्रतिबन्ध लागेपछि व्यवसायीले भारत लगायत अन्य राष्ट्रबाट विभिन्न ब्रान्डका नयाँ गाडी आयात गर्न पाइरहेका छैनन् । प्रतिबन्ध शुरु भएको करिव तीन महिनाको यो अवधिमा भारतमा मात्र एकदर्जन बढी नयाँ कार लन्च भैसकेका छन् भने तेस्रो मुलुकबाट गाडी आयात गर्ने तयारी थालेको व्यवसायीले समेत आयात रोक्नु परेको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ थापा प्यानलबाट उम्मेदवारी दिने व्यवसायीको सवारी साधन कारोबारमा संलग्नता

यस्तो छ थापा प्यानलबाट उम्मेदवारी दिने व्यवसायीको सवारी साधन कारोबारमा संलग्नता

नाडामा नयाँ नेतृत्वको लागि २ दिनपछि चुनाब हुँदै छ । मंसिर २३ गते हुने...

अटो शोमा तीन नयाँ ब्रान्डका मिनीकार, मूल्य २० लाख देखि २६ लाखसम्म

अटो शोमा तीन नयाँ ब्रान्डका मिनीकार, मूल्य २० लाख देखि २६ लाखसम्म

काठमाडौं– भृकुटिमण्डपमा जारी नाडा अटो शो–२०२४ मा तीन नयाँ ब्रान्डले...

नाडाको साधारण सभा रोक्न जिल्ला प्रशासन कार्यलयको पत्रचार

नाडाको साधारण सभा रोक्न जिल्ला प्रशासन कार्यलयको पत्रचार

काठमाडौं–नाडा आटोमोवाइल एसोसिएसन नेपाल (नाडा)ले भोली (पुष ९ गते)का लागि तय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...