के आयात खुल्नु नै अटोमोबाइल व्यवसायमा देखिएको विद्यमान समस्याको एकमात्र समाधान हो ?

बैंक तथा वित्तीय संस्थामा लगानी योग्य पुँजी र तरलताको अभाव चर्किएसँगै संकटग्रस्त बनेको अटोमोबाइल व्यवसायले पछिल्लो समय आयातमा प्रतिवन्धको अवस्था समेत झेल्नु परिरहेको छ । सरकारले असार मसान्त सम्मका लागि भनेर सवै प्रकारका कम्वस्चन इन्जिनयुक्त कार र २५० सीसी माथिको मोटरसाइकल आयातमा पूर्णतः प्रतिबन्ध लगाएको छ । यसले गर्दा विगत केही समययता व्यवसायीले यी सवारीसाधनको एलसी खोल्न पाइरहेका छैनन् ।

सरकारले तोकेको समयसीमा नजिकिँदै जादा पनि आयात खुल्ने विषयमा कुनै संकेत नपाए पछि अहिले व्यवसायीहरु छट्पटाउन थालेका छन् । उनीहरुले अर्थमन्त्रीदेखि वाणिज्य मन्त्री र प्रधानमन्त्री सम्मलाई भेटेर उक्त समयसीमापछि जसरी भएपनि आयात सुचारु गर्न आग्रह गरिरहेका छन् । तर कसैबाट पनि आश्वस्त बन्न सक्ने गरी जवाफ भने आउन सकिरहेको देखिँदैन ।

उल्टै विदेशी मुद्राको सञ्चितिमा दवाव झनै बढ्न थालेको भन्दै राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने तयारी थालिरहेको समाचारहरु प्रकाशित भैरहेका छन् । यस्तोमा हाल कायम रहेको १० प्रकारको सामानलाई बढाएर अझै आयातमा कडाइ गर्न सकिने अड्कलबाजी समेत हुन थालेको छ । यदि यसो गरिएको खण्डमा हाल प्रतिबन्धमा परेका गाडी र मोटरसाइकलसँगै थप केही सेगमेन्टका अटोमोबाइलजन्य सामान यो सूचीमा थप हुने निश्चित प्रायः देखिन्छ ।

अर्कोतर्फ सरकारले नै समयसीमा तोकेर आयात रोकेका कारण उल्लिखित गाडी र मोटरसाइकलको आयात खुल्नेमा समेत व्यवसायी आशावादी देखिन्छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाका अनुसार असार मसान्तपछि सरकारमाथि जसरी भएपनि आयात खोल्नुपर्ने नैतिक दवाव सिर्जना भएको छ । ‘सरकाले समयसीमा नै तोकेर आयात रोकेका कारण हामी व्यवसायी उक्त समयसीमा समाप्तिको प्रतीक्षामा वसिरहेका छौ । असार मसान्तपछि सरकारले आयात खोल्ने र त्यसपछि हाल चौपट बनिरहेको व्यवसायले विस्तारै गति लिन थाल्ने हाम्रो अनुमान हो । तर यसका वावजुद यदि सकारले आयात खोलेन भने अटोमोबाइल व्यवसाय पूर्ण रुपमा धरासायी हुने लगभग निश्चित जस्तै देखिन्छ । यस्तो अवस्थामा सरकारले राजस्व त गुमाउँछ नै व्यवसायीले आफ्नो व्यवसाय नै बन्द गर्नुको अर्को विकल्प पनि देखिँदैन’ उनले नेपाल अटोसँग भने ।

३ महिनायता बन्दाबन्दीको अबस्थामा रहेको सवारीसाधनको आयात रोकिँदा पनि व्यवसायीसँग बिक्रीका लागि उपलब्ध हुनुपर्ने गाडी हुँदै नभएका भने होइनन् । बजारमा अहिले गाडी तथा मोटरसाइकल नभएर भन्दा पनि स्टकमा भएको गाडी बिक्री नुहँदा सवैभन्दा मारमा पर्नुपरेको एक व्यवसायीले बताए । उनका अनुसार सोरुममा गाडी भएपनि अहिले बैंक तथा वित्तीय संस्थाले अटोलोनमा गरेको कडाइका कारण यस्ता गाडी खरिद गर्ने ग्राहक भेट्न नै मुस्किल बनिरहेको छ ।

उनले भने, ‘बजारमा अहिले एकाध वाहेक प्रायः सवैजसो ब्रान्डसँग पुरानो स्टकको गाडी उपलब्ध छ । त्यसमा पनि सरकारले आयात राक्ने निर्णय लागु गर्नुभन्दा पहिले नै मगाइएका गाडीहरु पनि धमाधम आइनै रहेका छन् । यी गाडीको माग नभएपछि भन्सार यार्डमै थन्काएर राख्नुपरेको छ । भन्सार यार्डमा मात्र अहिले ५ हजार हाराहारीमा यस्ता गाडी थन्किएर बसेका छन् । बजारमा माग बढ्ने वित्तिकै ती गाडी शोरुममा उपलव्ध हुन थालिहाल्छन् ।’ अहिले गाडी स्टकमा नभएर भन्दा पनि भएको गाडीको समेत माग नहुँदा समस्या थपिएको उनको ठम्याई छ ।

बजारमा गाडीको अभाव सिर्जना भए जसरी नाडाले जसरी भएपनि आयात खोल्नुपर्छ भनेर दवाव दिइरहेको सन्दर्भमा आपत्ति जनाउँदै उनले भने, ‘अहिले गाडीको आयात खोल्न हतार गर्नुभन्दा पनि पहिले गाडी बिक्री हुने वातावरण सिर्जना गर्नुप¥यो । गाडी बिक्री हुने वातावरण सिर्जना हुने वित्तिकै हाल स्टकमा रहेको गाडी बिक्री हुन शुरु हुने र पुरानो स्टक सकिँदै गर्दा नयाँ गाडी आयात हुने वातावरण वनाउनु पर्छ । यसका लागि सवैभन्दा पहिले अटोलोनमा गरिएको कडाई खुकुलो पारिनु अत्यावश्यक देखिन्छ ।’

बजारमा अहिले एकातर्फ अटोलोनमा कडाइको अबस्था कायमै छ भने व्यजदर समेत निकै उच्च छ । त्यसमाथि पेट्रोल र डिजेलको मूल्य बढिरहेका कारण हरेक समानको मूल्य वृद्धि भैरहेको छ । यसले उपभोक्ताको आयस्रोतमा असन्तुलन पैदा गरी खर्च बढाइदिएको छ । जसका कारण पनि गाडी तथा मोटरसाइकल खरिद गर्ने सोच बनाएर वसेको उनीहरुको प्राथमिकता परिवर्तन भैरहेको छ । यसले बजारमा यस्ता साधनको माग तत्कालै नवढ्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

अटो शोमा नेपालमै बनेका ब्याट्री र लुब्रिकेन्ट्सदेखी विभिन्न ब्रान्डका कम्पोनेन्ट

अटो शोमा नेपालमै बनेका ब्याट्री र लुब्रिकेन्ट्सदेखी विभिन्न ब्रान्डका कम्पोनेन्ट

काठमाडौं–भोलीदेखी सुरु हुने नाडा अटो शोमा सवारीसाधनसंगै विभिन्न...

प्रादेशिक एसोसिएसनहरुसँग नाडाले ग-यो अन्तर्क्रिया, अटो व्यवसायीका समस्या समाधानबारे छलफल

प्रादेशिक एसोसिएसनहरुसँग नाडाले ग-यो अन्तर्क्रिया, अटो व्यवसायीका समस्या समाधानबारे छलफल

अटोमोबाइल व्यवसायीहरुको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल...

अर्थमन्त्रीले गरे क्षतिग्रस्त अटोमोबाइल शोरुमको स्थलगत अवलोकन

अर्थमन्त्रीले गरे क्षतिग्रस्त अटोमोबाइल शोरुमको स्थलगत अवलोकन

काठमाडौँ – अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगलागीबाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...