मूल्य बढ्दा पनि उस्तै क्रेज : २०२२ क्रसएक्स २५०आर नेपालमा, अब बुकिङ गर्नेले पछि मात्र पाउने

काठमाडौं – नेपाली बजारमा २०२२ मोडलको क्रसएक्स २५०आर भित्रिएको छ । ईएफआई युरो ५ प्रविधियुक्त यो मोटरसाइकलको मूल्य ८ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।

यो भन्दा पहिले यो मोटरसाइकलको मूल्य ६ लाख ९५ हजार रुपैयाँ थियो । नयाँ ईएफआई प्रविधियुक्त क्रसएक्स २५०आर मोटरसाइकलको मूल्य ७ लाख ६५ हजार रुपैयाँ तोकेर नेपालका लागि क्रसएक्सको आधिकारिक वितरक बाइकर्स नेपालले गत पुस महिनामा बुकिङ खुला गरेको थियो । हाल त्यस पश्चात बुकिङ खुला गरिएका ग्राहकका लागि यो मोटरसाइकल उपलब्ध भएको हो ।

सरकारले हालै नयाँ बजेटमार्फत कर बढाएकाले अब यो मोटरसाइकलको मूल्य ८ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । यस अनुसार पहिले नै बुकिङ गरेकाले पनि अब नयाँ मूल्यमै मोटरसाइकल पाउने छन् । अब बुकिङ गर्नेका लागि भने मोटरसाइकल पछि मात्र उपलब्ध गराइने बताइएको छ ।

यो मोटरसाइकलमा २४९.६ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन छ, जसले ३२ एचपीको पावर दिन्छ । ६–स्पिड गियरबक्स भएको सो मोटरसाइकलको फ्रन्ट र रियरमा निसिन सिंगल डिस्क ब्रेक छ ।

३६१ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको सिटको उचाई ९४० एमएम छ भने ६.५ लिटरको इन्धन ट्यांकी छ । यो मोटरसाइकल रेड र ब्ल्याक गरी दुई कलर अप्सनमा उपलब्ध हुनेछ ।

ईएफआई प्रविधियुक्त भएकाले यो मोटरसाइकलमा पहिले भन्दा बेटर कोल्ड स्टार्ट, बेटर थ्रोटल रेस्पोन्स, बेटर फ्युल एफिसियन्सी र लेस मेन्टिनेन्स जस्ता विशेषता छन् ।

सम्बन्धित समाचारहरू

टारोका बाइक तथा स्कुटरमा ३० हजार सम्म छुट : आयो दशै तिहार स्किम

टारोका बाइक तथा स्कुटरमा ३० हजार सम्म छुट : आयो दशै तिहार स्किम

काठमाडौं – नेपालका लागि टारो ब्रान्डका बाइक तथा स्कुटरको आधिकारिक वितरक...

मोटरहेडले ल्यायो ४ को चमत्कार, बाइक किन्दा पाइने यस्ता छन् चमत्कार

मोटरहेडले ल्यायो ४ को चमत्कार, बाइक किन्दा पाइने यस्ता छन् चमत्कार

काठमाडौं – नेपालका लागि मोटरहेड ब्रान्डको आधिकारिक वितरक एसएलआर टेक्नो...

६० हजार सम्म बढ्यो मोटरहेड मोटरसाइकलका चार मोडलको मूल्य, अन्यको मूल्य  यथावत

६० हजार सम्म बढ्यो मोटरहेड मोटरसाइकलका चार मोडलको मूल्य, अन्यको मूल्य यथावत

काठमाडौं – नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...