थप ४ शहरमा डिलरसिप विस्तार गर्दै क्रसफायर, सर्भिस सेन्टर समेत बिस्तार गर्ने योजना
क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स...
काठमाडौं – मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले आफ्नो नयाँ वर्षको अफरलाई ग्राहकमुखी बनाउँदै ‘बिग बिगर बिगेस्ट’ नामाकरणका साथ परिमार्जित गरेको छ । कम्पनीले यही असार १३ बाट लागू हुने गरी सो अफरलाई अझै आकर्षक बनाएको हो ।
सो अफर अन्तर्गत अब मोटरहेडका बाइक खरिद गर्ने ग्राहकले स्क्र्याच कुपन र बम्परमा सहभागी हुनुका साथै २ वर्षको वार्षिक कर समेत फ्रि हुनेछ । अब बाइक किन्ने ग्राहकले स्क्र्याच गरी १ लाख रुपैयाँ छुट पाउन सकिने र वम्परमा रु. २,०७,९००।– नगद उपहार जित्न सकिने छ ।
साथै पुराना बाइक सट्टापट्टा गरी खरिद गर्ने ग्राहकको हकमा कम्पनीले स्क्र्याच कार्ड उपलब्ध नहुने गरी सोझै बजार मुल्याकंनमा थप २० हजार रुपैयाँ मूल्यांकन गरी २ वर्षको वार्षिक करको छुटको व्यवस्था गरेको छ ।
कम्पनीका अनुसार यो अफर सीमित अवधिको लागि लागू रहने छ । साथै कम्पनीको बाइकहरु हाल पुरानै मूल्यमा उपलब्ध रहे तापनि छिट्टै मूल्य बढ्ने जानकारी कम्पनीले दिएको छ । मोटरहेड ब्रान्डका स्क्र्याम्बलर, टेक्कन आर२२३, एक्सटर्क २२३, स्पोर्ट्स २५० अफरोड र रोड, एमएच २००एक्स र एमएच १५०आर जस्ता अपग्रेडेड मोडलहरु हाल युवा र वयस्क माझ परिचित र रुचाइएको पाइन्छ ।
कम्पनीको पोखरा, वुटवल, बाग्लुङ, दुलेगौडा, धादिङ, हेटौंडा, इटहरी, विर्तामोड, कावासोती, स्याङजा, मन्थली, टेकु, सल्लाघारी, बालाजु र धोबिघाट, ललितपुरमा वितरक रहेका छन् ।
क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स...
काठमाडौं – नेपालमा टारो ब्रान्डका बाइक बिक्री गरिरहेको ओम मोटोकर्प...
काठमाडौं – नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...