आयात रोकिँदा अभाव हैन, शोरुममा थन्किए सवारीसाधन, भन्सार यार्डमा ५ हजार बढी गाडी

सरकारले इन्धनबाट चल्ने प्यासेन्जर कार र २५० सीसी माथिका मोटरसाइकलको आयात बन्द गर्दा बजारमा यी साधनको चरम अभाव हुने अनुमान लगाइएको थियो । यी साधनको आयात पूर्णरुपमा बन्द गरेको २ महिना पुग्नै लाग्दा बजारमा अहिले अभाव हैन उल्टै शोरुममा यस्ता साधन थन्काएर राख्नु परेको भन्दै व्यवसायीले दुखेसो व्यक्त गरेका छन् ।

वैंक तथा वित्तीय संस्थाले अटो लोनमा कडाई गर्नु, व्याजदर बढेर १५ प्रतिशतमाथि पुग्नु र बजारमा तरलताको अभावका कारण स्टकमा रहेका गाडी समेत बिक्न छाडेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताए । यो अवस्था गाडीमा मात्र नभएर मोटरसाइकल तथा स्कुटरमा समेत लागु भएको उनको भनाइ छ । उनका अनुसार अहिले सवारीसाधनको बिक्री पुरै बन्दाबन्दीको अवस्थामा रहेको छ ।

बजारमा माग नै नभएपछि आयात रोक्नुअघि खोलिएको एलसीको आधारमा नेपाल आउने तयारीमा रहेका ठूलो संख्यामा कार तथा अन्य कमर्सियल भेइकल भन्सार यार्डमा थन्किएर वसेको थापाले बताए । उनी भन्छन, ‘नेपाल वारी र पारी गरी भन्सार यार्डमा मात्र अहिले ५ हजार भन्दा बढी गाडी थन्किएर वसेको जानकारी हामीलाई प्राप्त भएको छ । अहिले भन्सार यार्ड पुरै सवारीसाधनले भरिभराउ भएको अवस्था छ । बजारमा माग नै नभएपछि व्यवसयीले गाडी छुटाउन सकिरहेका छैनन् । विलम्व शुल्क तिरेरै भएपनि भन्सारमा थन्काउनुको विकल्प नभएपछि यस्तो भएको हो ।’

‘अवस्था सामान्य हुँदो हो त बजेट आउनु अघिको हालको अवस्थामा व्यवसायीलाई गाडी भित्र्याउन भ्याइनभ्याई हुने अवस्था रहन्थ्यो । प्रायः सबैजसो वजेटमा सवारीसाधनको कर बढ्दै आाइरहेका कारण पनि व्यवसायीले यो समयमा अत्याधिक धेरै संख्यामा गाडी मगाउने गर्थे । तर अहिले अवस्था त्यस्तो छैन । कर वढेपनि बजारमा माग नबढेसम्म भन्सार यार्डबाट गाडी भित्र्याउने मनस्थितिमा व्यवसायीहरु रहेको पाइदैन । यद्यपि केही व्यवसायीले भने कर बढ्ने अनुमान लगाउँदै आयात बढाउन थालेका छन्’ उनले नेपाल अटोसँग भने ।

बढ्दो आयातका कारण विदेशी मुद्राको संचितिमा दवाव महसुस गर्दै सरकारले यही आसार मसान्तसम्मका लागि इलेक्ट्रिक वाहेक अन्य सबै प्रकारका प्यासेन्जर कार र २५० सीसी माथिका मोटरसाइकलको आयातमा पूर्ण रोक लगाएको छ । उक्त रोकावट असार मसान्तपछि पनि लम्विने भन्दै केही व्यवसायी सरकारको निर्णय उल्टिने विषयमा सशंकित वनिरहेका छन् भने अर्कोतर्फ इलेक्ट्रिक गाडीमा समेत कर बढ्न सक्ने आँकलन गरिएको छ ।

सम्बन्धित समाचारहरू

भ्रामक समाचारको पछि नलाग्न नाडाको आग्रह, विशेष साधरण सभा तोकिएकै मितीमा हुने

भ्रामक समाचारको पछि नलाग्न नाडाको आग्रह, विशेष साधरण सभा तोकिएकै मितीमा हुने

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संस्थासंग जोडिएर...

देशव्यापी आन्दोलनले अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष असर, नाडाद्वारा दु:ख प्रकट

देशव्यापी आन्दोलनले अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष असर, नाडाद्वारा दु:ख प्रकट

काठमाडौं – हालै देशभर भएको आन्दोलन र प्रदर्शनले मुलुकको अर्थतन्त्रदेखि...

नाडा ईभी चौतारीको पहिलो दिन : सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा जोड

नाडा ईभी चौतारीको पहिलो दिन : सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा जोड

नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...