नेपालकै सबैभन्दा द्रुत गतिको अल्टिमेट स्कुटर यामाहा एरोक्स १५५ (फोटोफिचर)
काठमाडौं – यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
काठमाडौं – नेपाली बजारमा यामाहाको स्कुटर यामाहा रे जेडआर स्ट्रिट -याली अब स्मार्ट कनेक्ट फिचरका साथ उपलब्ध भएको छ । नेपाली बजारमा पहिले देखि नै उपलब्ध र धेरै माइलेज दिने स्कुटरको रुपमा दाबी गर्दै आएको यामाहाको स्कुटर अब नयाँ थप फिचरका साथ उपलब्ध भएको हो ।
सो स्कुटरमा हाल थप भएको स्मार्ट कनेक्ट फिचरको प्रयोगले ग्राहकले आफ्नो स्मार्टफोनलाई स्कुटरसँग कनेक्ट गरी विभिन्न फिचरको प्रयोग गर्न सकिन्छ । यसका लागि मोबाइलमा यामाहा कनेक्ट–एक्स एप डाउनलोड गर्नुपर्छ ।
कनेक्ट–एक्स फिचरको प्रयोग गरेर एन्सर ब्याक, लोकेट माई भेइकल, पार्किङ रेकर्ड, राइडिङ हिस्ट्री र हाजार्ड आदिको जानकारी लिन सकिन्छ । आफ्नो सवारी साधनको लोकेसन, राइड गरिएको समय, पार्किङ गरेको स्थान आदिको जानकारी यसबाट लिन सकिन्छ । यसले गर्दा यो स्कुटर अझै सुरक्षित बनेको छ ।
नेपाली बजारमा उपलब्ध स्कुटर मध्ये यामाहा रे जेडआर सबैभन्दा धेरै माइलेज दिने स्कुटर बताइन्छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले देशभरका विभिन्न स्थानमा माइलेज च्यालेन्ज समेत आयोजना गर्दै आएको छ ।
औपचारिक रुपमा सो स्कुटरले ५८ किलोमिटर माइलेज दिने दाबी गरिए पनि माइलेज च्यालेन्जमा ८० किलोमिटर सम्म माइलेज दिएको रेकर्ड भेटिएको कम्पनीको भनाइ छ । कम्पनीले यसलाई ‘आई एम ५८ किलोमिटर प्रतिलिटर’ ट्यागलाइनका साथ प्रवद्र्धन गर्दै आएको छ ।
सडकको अवस्था, चलाउने व्यक्तिको व्यवहार, सडकमा हुने जाम र यस्तै विभिन्न कारणले पनि माइलेजमा फरक पर्छ । सो स्कुटरले यति धेरै माइलेज दिन्छ भन्ने कुरामा कतिपय ग्राहकहरु नै विश्वस्त नहुने भएकाले त्यसलाई प्रमाणित गर्नका लागि माइलेज च्यालेन्जको आयोजना गरिने कम्पनीको भनाइ छ ।
यसमा १२५ सीसीको बीएस ६ मापदण्डयुक्त यामाहाको प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन रहेको जनाइएको छ । यो इन्जिनले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरले ०-६० को स्पीड मात्र ७.५९ सेकेन्डमा भेट्छ ।
यसमा अंग्रेजी अक्षर ‘वाई’ आकारको एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक र सुविधाजनक फिचर रहेको कम्पनीले जनाएको छ ।
नेपाली बजारमा पहिले देखि नै यामाहा रे जेडआर स्ट्रिट -याली स्कुटर उपलब्ध भए पनि अब भने कनेक्ट–एक्स फिचर थप भएर आएको हो । यो फिचर बाहेक स्कुटरको टायर ग्रिप अन्य भन्दा फरक छ । त्यसैगरी यसमा ह्यान्ड गार्ड थप भएर आएको छ । अनि ग्राफिक्समा पनि केही परिवर्तन छ ।
यसको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
काठमाडौं – यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
विश्व प्रख्यात म्याट्रिक्स हेडल्याप पहिलोपटक मोटरसाइकलमा पनि उपलब्ध...
काठमाडौं – यामाहाको मोटरसाइकल तथा स्कुटको आधिकारीक बिक्रेता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...