कर्भ पश्चात अर्को इलेक्ट्रिक कार लन्च गर्ने तयारीमा टाटा मोटर्स

टाटा मोटर्सले केही दिन पहिले भारतमा नयाँ इलेक्ट्रिक कार टाटा कर्भ सार्वजनिक गरेको छ । कम्पनीले अब नयाँ ईभी लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले अप्रिल २९ मा नयाँ इलेक्ट्रिक कार सार्वजनिक गर्ने भएको छ । यद्यपि कम्पनीले यसको डिजाइन, नाम र फिचरको बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन ।

मिडिया रिपोर्टका अनुसार टाटा मोटर्सको नयाँ इलेक्ट्रिक कार अल्ट्रोज ईभी वा लामो दुरीको नेक्सन ईभीको कन्सेप्ट भर्सन हुन सक्ने अनुमान गरिएको छ । साथै कतिपयले यो टाटा स्लिक हुनसक्ने अनुमान समेत गरेका छन् । यसको लागि अप्रिल २९ सम्म कुर्नु पर्नेछ ।

अनुमानित रिपोर्ट अनुसार टाटाको नयाँ इलेक्ट्रिक कार टाटा अल्ट्रोज ईभी हुने सम्भावनालाई थप जोड दिइरहेको छ, किनभने यो कार २०१९ जेनेभा मोटर शोमा कन्सेप्ट अवतारमा प्रस्तुत गरिएको थियो । साथै यो भारतमा भएको २०२० अटो एक्सपोमा पनि प्रदर्शन गरिएको थियो ।

टाटा नेक्सन ईभीको लङ रेन्ज भर्सन लन्च गर्न सक्ने पनि चर्चा छ । सो एसयूभीले एक पटक फुल चार्जमा ४०० किलोमिटरभन्दा बढीको रेन्ज दिन सक्ने बताइएको छ । लङ रेन्ज नेक्सन ईभीमा ४० केडब्ल्युएचको ब्याट्री प्याक दिने सम्भावना छ । हालको नेक्सन ईभीमा ३०.२ केडब्ल्युएच लिथियम–आयोन ब्याट्री प्याक दिइएको छ । सो पावरट्रेनले १२९ एचपी र २४५ एनएमको टर्क जेनेरेट गर्छ र एक पटक चार्जमा ३१२ किलोमिटरको ड्राइभिङ रेन्ज दिने दाबी गरिएको छ ।

हाल टाटा मोटर्सका २ इलेक्ट्रिक कार नेक्सन ईभी र टिगोर ईभी बजारमा बिक्री भइरहेको छ । नेपाली बजारमा समेत यी दुई इलेक्ट्रिक कार बिक्रीका लागि उपलब्ध छन् । यद्यपि माग अनुसार गाडी उपलब्ध भने हुन सकेको छैन ।

सम्बन्धित समाचारहरू

नेपाल आउने प्रतिक्षमा दुई ‘वेवी’ एसयूभी, यस्तो छ मूल्य, पावर र फिचर्स

नेपाल आउने प्रतिक्षमा दुई ‘वेवी’ एसयूभी, यस्तो छ मूल्य, पावर र फिचर्स

नेपाल र भारत दुवै बजारमा पछिल्लो समय साना एसयुभीको माग बढिरहेको छ ।...

पुराना गाडीसँग टियागो ईभी र पन्च ईभी साट्न सकिने

पुराना गाडीसँग टियागो ईभी र पन्च ईभी साट्न सकिने

काठमाडौँ – यस वर्षको क्रिसमसका अवसरमा नेपालका लागि टाटा मोटर्सको...

यस्ता छन् ५ दिन पछि लन्च हुने  नयाँ टाटा सिएराका टप फिचर

यस्ता छन् ५ दिन पछि लन्च हुने नयाँ टाटा सिएराका टप फिचर

टाटा मोटर्सले २५ नोभेम्बर २०२५ मा भारतीय बजारमा नयाँ टाटा सिएरा लन्च गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...