होन्डा अमेजले पुरा गर्यो १० वर्ष, भारतमा सफल तर नेपालमा लिन सकेन बजार
होन्डाको लोकप्रिय सव कम्प्याक्ट सेडान अमेजले भारतमा उत्पादन थालेको १०...
मोटरसाइकल र स्कुटरको मूल्य हरेक महिना बृद्धि हुने क्रमले वैशाख महिनामा पनि निरन्तरता पाएको छ । यो महिना यामाहा, मोटरहेड र होन्डाले मोटरसाइकल तथा स्कुटरको मूल्य बढाएका छन् भने अन्य ब्रान्डले समेत बढाउने तयारी गरिरहेको वुझिएको छ ।
यामाहाले वैशाख ६ गते नयाँ मूल्य सार्बजनिक गरेपछि शुरुवात भएको मूल्य बढ्ने दौडमा मोटरहेड र होन्डा थप भएका हुन् । मोटरहेडले २ दिनअघि अर्थात वैशाख ११ गते मूल्य बढाएको थियो भने होन्डाले आजदेखी लागु हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।
यसैगरी अप्रिलिया र भेष्पाको मूल्य वैशाख १५ देखी बृद्धि हुने जानकारी दिँदै आधिकारिक वितरक एमभी दुगड ग्रुपले पुरानै मूल्यमा मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई सो सयम अगावै बुकिङ लिन आग्रह गरिसकेको छ ।
नयाँ मूल्यसूची अनुसार यामाहाले स्कुटरमा ४ हजारदेखी मोटरसाइकलमा १५ हजार रुपैयाँसम्म मूल्य बढाएको छ । सबैभन्दा बढी एक्सटिजेड १५० मा १५ हजार रुपैयाँ बढाएको यामाहाले स्कुटरमा भने ४ हजार रुपैयाँका दरले बृद्धि गरेको हो ।
मोटरहेडले एमएच १५० आरको मूल्यमा ५ हजार र टेक्कन २५०आर को मूल्य १० हजार रुपैयाँले बढाएको छ । यसैगरी स्पोर्ट्स २५० (अफरोड) मा ४ हजार र स्पोर्ट्स २५० (रोड) मा ५ हजार रुपैयाँका दरले मूल्य बृद्धि गरिएको छ ।
होन्डाले न्यूनतम ४ हजार देखि अधिकतम ९ हजार रुपैयाँ सम्मले बढाएको छ । होन्डाका ग्राजिया र डियो लगायतका स्कुटरको मूल्यमा ४ हजार रुपैयाँ सम्मल बढेको छ भने युनिकर्न, साइन लगायतका मोटरसाइकलको ९ हजार रुपैयाँ सम्मले बढेको छ ।
होन्डाको लोकप्रिय सव कम्प्याक्ट सेडान अमेजले भारतमा उत्पादन थालेको १०...
जापानका दुई ठुला प्रविधि तथा अटोमोबाइल कम्पनी साेनी र होन्डाद्वारा...
काठमाडौं – नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...