टाटा र जीपपछि हुन्डाईले पनि लन्च गर्यो क्रेटाको ‘नाइट एडिसन’

भारतमा अटो निर्माताविच स्पेल एडिसनका सवारीसाधन उत्पादन गर्ने ट्रेन्ड बढिरहेको छ । टाटा मोटर्सले सफारी, एच५ र नेक्सनको नाइट एडिसन लन्च गरेपछि शुरु भएको यो दौडमा पछि जीप समेत सामेल भएको थियो । जीपले कम्पासलाई नाइट इगल एडिसनमा लन्च गरेको केही समयपछि अर्को कोरियन अटो निर्माता हुन्डाइले पनि आफ्नो लोकप्रिय एसयुभी क्रेटालाई सोही एडिसनमा लन्च गरेको छ ।

कालो कलर थिममा डिजाइन गरी लन्च गरिएको क्रेटाको यो नाइट एडिसनलाई १.५ लिटर डिजेल र पेट्रोल दुवै इन्जिन अप्सनमा उपलब्ध गराइएको छ । यो एसयुभी नयाँ मिड स्पेक एस प्लस र टप स्पेक एसएक्स(ओ) ट्रिममा उपलब्ध रहेको छ ।

ग्रिलको विच भागमा रातो धर्सा सहित चम्किलो कालो कलर दिइएको यो एसयुभीको अगाडी र पछाडीको दुबै स्किड प्लेट समेत कालो नै रहेको छ । यसको फ्रन्ट ब्रेक क्यालिपरमा भने रातो कलर दिइएको छ । विंग मिरर, रुफ रेल्स, साइड सिल्स र सी–पिल्लरलरमा समेत कालो कलर दिइएको छ ।

क्याविन भित्र एसि भेन्ट वाहेक अन्य सबै क्षेत्रमा कालो कलरलाई आकर्षक तवरबाट समायोजन गरिएको छ । एसी भेन्टमा भने रातो कलर दिइएको छ । यो म्यनुअल र अटोमेटिक दुबै भेरियन्टमा उपलब्ध रहेको छ । जसमध्ये म्यानुअलको मूल्य १३ लाख ३५ हजारदेखी १४ लाख ३१ हजार भारुसम्म र अटोमेटिकको १७ लाख ५ हजारदेखी १८ लाख १ हजार भारुसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाल आउने प्रतिक्षामा १० व्रान्डका १२ नयाँ कार

नेपाल आउने प्रतिक्षामा १० व्रान्डका १२ नयाँ कार

भारतीय बजारमा केही समययता लन्च भएका एकदर्जन कार नेपाल आउने प्रतिक्षमा छन्...

यस्तो छ थर्ड जेनेरेसन हुन्डाई आई२०, लुक्स, डिजाइन र फिचर्समा व्यापक परिवर्तन

यस्तो छ थर्ड जेनेरेसन हुन्डाई आई२०, लुक्स, डिजाइन र फिचर्समा व्यापक परिवर्तन

प्रिमियम ह्याचब्याक सेग्मेन्टमा सर्बाधिक रुचाइएको हुन्डाई आई२० को नयाँ...

हुन्डाईले ल्यायो नयाँ वर्ष अफर, गाडी खरिदमा यस्ता छन् आकर्षक अफर

हुन्डाईले ल्यायो नयाँ वर्ष अफर, गाडी खरिदमा यस्ता छन् आकर्षक अफर

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...