सुरक्षामा अब्बल १० एसयुभी : ६ वटा मोडल नेपाली बजारमा, ४ वटा प्रतिक्षारत

ग्लोवल एनक्यापले भारतमा गरेको क्र्यास टेष्टमा अब्बल साबित १० एसयुभीमध्ये ६ वटा मोडल नेपाली बजारमा उपलब्ध छन् । यी मध्ये महिन्द्रा एक्सयुभी ३०० र टाटा नेक्सनले ५ स्टार रेटिङ हात पारेका छन भने निशान म्याग्नाइट, रेनो काइगर र सुजुकी ब्रेजाले ४ स्टार रेटिङ हात पारेका छन । उक्त टेष्टमा हुन्डाई क्रेटाले भने जम्मा ३ स्टार रेटिङ मात्र पाएको छ ।

नेपाली बजारमा आउन बाँकी महिन्द्रा एक्सयुभी ७०० र टाटा पन्चले पनि ५ स्टार रेटिङ पाएको छ । त्यसैगरी अन्य २ एसयुभी महिन्द्रा थार र टोयोटा अर्वान क्रुजले भने ४ स्टार रेटिङ हात पारेको छ । यी एसयुभी नेपाल भित्रिने प्रतिक्षामा रहेको भनिएपनि कहिले आउँछ भन्ने विषय हालसम्म टुंगो नलागिसकेको सम्वन्धित आयतकर्ता कम्पनीहरुले बताउँदै आएका छन् ।
एडल्ट प्रोटेक्सनमा १७ मध्ये १६.४२ प्वाइन्ट प्राप्त गर्दै ५ स्टार रेटिङ हात पारेको महिन्द्रा एक्सयुभी ३०० ले चाइल्ड प्रोटेक्सनमा भने ३७.४४ प्वाइन्ट प्राप्त गर्दै ४ स्टार रेटिङ पाएको छ । कुल ६६ प्वाइन्टमध्ये ५३.८६ प्वाइन्ट प्राप्त गर्दै यो एक अव्वल एसयुभीका रुपमा दर्ज भएको हो । पेट्रोल र डिजेल दुबै इन्जिनमा उपलब्ध यो एसयुभीको पेट्रोल भेरियन्टको मूल्य नेपाली बजारमा ३९ लाख ७५ हजारदेखी ५६ लाख ५० हजारसम्म र डिजेल भेरियन्टको ४१ लाख २५ हजारदेखी ५७ लाख २५ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

एडल्ट प्रोटेक्सनमा ५ स्टार रेटिङ पाएको अर्को लोकप्रिय एसयुभी टाटा नेक्सनले भने चाइल्ड प्रोटेक्सनमा ३ स्टार रेटिङ हाँसिल गरेको छ । यो एसयुभीले कुल ६६ प्वाइन्टमध्ये ३६.७३ प्वाइन्ट प्राप्त गर्दै उक्त रेटिङ हात पारेको हो । पेट्रोल इन्जिनमा उपलब्ध नेक्सनको कुल ७ वटा भेरियन्ट नेपाली बजारमा उपलब्ध रहँदै आएको छ । यो एसयुभीको मूल्य ४० लाख ९९ हजारदेखी ५४ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

सवफोर मिटर सेग्मेन्टमा सर्बाधिक सफल र लोकप्रिय मानिँदै आएको निशान म्याग्नाइटले एडल्ट प्रोटेक्सनमा ४ स्टार र चाइल्ड प्रोटेक्सनमा २ स्टार रेटिङ हात पारेको छ । यो एसयुभीले कुल ६६ प्वाइन्टमध्ये ३६.७३ प्वाइन्ट प्रात्प गर्दै उक्त रेटिङ हाँसिल गरेको हो । कुल ११ भेरियन्टमा उपलब्ध यो एसयुभीको मूल्य नेपाली वजारमा ३२ लाखदेखी ४६ लाख ३४ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

एडल्ट प्रोटेक्सनमा ४ स्टार रेटिङ पाएको अर्को लोकप्रिय मिड साइज एसयुभी ब्रेजाले पनि चाइल्ड प्रोटेक्सनमा भने जम्मा २ स्टार रेटिङ प्राप्त गरेको छ । यो एसयुभीले कुल ६६ प्वाइन्टमध्ये ३०.४४ प्वाइन्ट पाएर उक्त रेटिङ हाँसिल गरेको हो । यो एसयुभीलाई ग्लोवल एनक्यापले सन् २०१८ मा क्र्यास टेष्ट गरेको थियो । कुल ३ भेरियन्टमा मात्र उपलब्ध यो एसयुभीको मूल्य नेपाली बजारमा ४३ लाख ४९ हजारदेखी ४८ लाख ५४ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

यसैगरी रेनो काइगरले पनि एडल्ट प्रोटेक्सनमा ४ स्टार र चाइल्ड प्रोटेक्सनमा २ स्टार रेटिङ प्राप्त गरेको छ । यो एसयुभीले कुल ६६ प्वाइन्टमध्ये ३३.३९ प्वाइन्ट पाएर उक्त रेटिङ हाँसिल गरेको हो । कुल ५ भेरियन्टमा उपलब्ध यो एसयुभीको मूल्य ३० लाखदेखी ४४ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ ।

कम्प्याक्ट एसयुभी सेग्मेन्टमा मार्केट लिडरको पहिचान बनाउन सफल हुन्डाई क्रेटाले भने एडल्ट र चाइल्ड दुबै प्रोटेक्सनमा ३ स्टार रेटिङ हात पारेको छ । यो चर्चित एसयुभीले कुल ६६ प्वान्टमध्ये ३६.२९ प्वाइन्ट प्राप्त गर्दै उक्त रेटिङ हाँसिल गरेको हो । पेट्रोल र डिजेल दुबै इन्जिन गरी कुल १० वटा भेरियन्टमा उपलब्ध यसको डिजेल भेरियन्टको मूल्य ४६ लाख ५६ हजारदेखी ५८ लाख ५६ हजारसम्म र पेट्रोलको ४७ लाख ०६ हजारदेखी ७५ लाख ९६ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

टाटा ईभी ग्राहकका लागि सिप्रदीद्वारा ‘विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प’ गरिदै

टाटा ईभी ग्राहकका लागि सिप्रदीद्वारा ‘विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प’ गरिदै

काठमाडौं – टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ...

टाटा मोटर्सले साउनमै ल्यायो दशैं अफर, पुराना गाडीसँग टियागो ईभी साट्न सकिने

टाटा मोटर्सले साउनमै ल्यायो दशैं अफर, पुराना गाडीसँग टियागो ईभी साट्न सकिने

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले साउनमै दसैँ...

महिन्द्रा स्कर्पियोसंग प्रतिस्पर्धा गर्न टाटाले नयाँ एसयूभी ल्याउँदै, इलेक्ट्रिकमा पनि आउने

महिन्द्रा स्कर्पियोसंग प्रतिस्पर्धा गर्न टाटाले नयाँ एसयूभी ल्याउँदै, इलेक्ट्रिकमा पनि आउने

टाटा मोटर्सले भारतको एसयूभी बजारमा नयाँ आयाम थप्दै स्कारलेट कोडनेम भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...