मोटरहेड मोटरसाइकलको बढ्यो मूल्य : यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा उपलब्ध मोटरहेड मोटरसाइकलको मूल्य बढेको छ । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले आजैदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।

नयाँ मूल्यसूची अनुसार स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार, एमएच १५० को मूल्य ३ लाख १० हजार, एमएच २०० को मूल्य ३ लाख ७५ हजार, स्पोर्ट्स २५० (अफरोड) को मूल्य ३ लाख ७२ हजार, स्पोर्ट्स २५० (रोड) को मूल्य ३ लाख ७५ हजार, टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, टेक्कन आर २५० को मूल्य ४ लाख १५ हजार र एक्स टर्क २५० को मूल्य ३ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको छ ।

नयाँ मूल्य सूची अनुसार मोटरहेडको पछिल्लो समयमा भित्रिएको र सबैभन्दा धेरै बिक्री हुने मोटरसाइकल एमएच १५० आरको मूल्यमा ५ हजार र टेक्कन २५०आर को मूल्य १० हजार रुपैयाँले बढेको छ ।

नेपाली बजारमा मोटरहेडका मोटरसाइकल पछिल्लो समयमा लोकप्रिय बन्दै गइरहेका छन् । हाल नयाँ वर्षको उपलक्ष्यमा कम्पनीले अफर समेत उपलब्ध गराइरहेको छ ।

नयाँ वर्षको अफर अन्तर्गत मोटरहेडका बाइक खरिद गर्ने आफ्ना सम्पूर्ण ग्राहकहरुको लागि ७ हजार देखि १ लाख रुपैयाँ सम्म स्क्र्याच गरी छुट पाउन सकिने व्यवस्था लागू गरिएको छ । अफर अवधिभर खरिद गर्ने ग्राहकहरु मध्ये १ जना भाग्यशाली विजेतालाई २ लाख ७ हजार ९ सय प्रदान गरिनेछ ।

सम्बन्धित समाचारहरू

एउटै मोटरसाइकलमा ३५ हजार छुट : यो नयाँ वर्ष अफर होइन

एउटै मोटरसाइकलमा ३५ हजार छुट : यो नयाँ वर्ष अफर होइन

काठमाडौं – मोटरहेडको एउटै मोटरसाइकलमा ३५ हजार रुपैयाँ छुट उपलब्ध भइरहेको...

मोटरहेड ब्रान्डको अफर विजेतालाई गरियो चेक हस्तान्तरण

मोटरहेड ब्रान्डको अफर विजेतालाई गरियो चेक हस्तान्तरण

काठमाडौं – मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो...

मोटरहेड एमएच १५० आर : डर्ट बाइकका लागि उत्कृष्ट ब्रान्ड, उत्कृष्ट मोडल

मोटरहेड एमएच १५० आर : डर्ट बाइकका लागि उत्कृष्ट ब्रान्ड, उत्कृष्ट मोडल

मोटरहेडका अन्य मोडलका साथै १५० सीसी सेगमेन्टमा रुचाइएको मोडल हो अपग्रेडेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...