यस्तो हुनेछ सिंगल चार्जमा ४२५ किलोमिटर चल्ने कियाको इलेक्ट्रिक कार

कियाले चाँडै नै आफ्नो इलेक्ट्रिक कार ईभी६ क्रसओभर भारतमा लन्च गर्ने तयारी गरिरहेको छ । यसको प्रि–बुकिङ मे २६ बाट सुरु हुने कम्पनीले पुष्टि गरेको छ । यो कियाको पहिलो र प्रमुख इलेक्ट्रिक कार हुनेछ । यो मोडेल सीबीयू मार्ग मार्फत ल्याइनेछ र त्यसपछि कम्पनीको स्थानीय प्लान्टमा एसेम्बल गरिनेछ ।

इलेक्ट्रिक क्रसओभर सिंगल, फुल लोडेड भेरिएन्टमा उपलब्ध गराइनेछ र यसको पहिलो वर्षमा १०० युनिट बिक्री गरिनेछ । भारतमा किया ईभी६ को मूल्य ५० लाख भारु भन्दा माथि हुने अपेक्षा गरिएको छ ।

कियाको यो इलेक्ट्रिक कारमा ७७.४ केडब्ल्युएच ब्याट्री हुनेछ, यसले ३२० बीएचपीको पावर र ६०५ एनएमको टर्क जेनेरेट गर्नेछ । सो कार एक पटक फुल चार्जमा करिब ४२५ किलोमिटरको दूरी तय गर्न सक्षम हुनेछ । विश्वव्यापी रूपमा ईभी६ मा ५८ केडब्ल्युएच ब्याट्री प्याकको साथ पेश गरिएको छ, जसलाई रियर ह्विल ड्राइभ वा अल ह्विल ड्राइभमा हुनेछ ।

हाल किया इन्डियाले सेल्टोस र सोनेट जस्ता मोडलहरू बिक्री गरिरहेको छ । किया इन्डियाका प्रबन्ध निर्देशक एवं सीईओ ताए जिन पार्कले किया ईभी६ अत्याधुनिक कार भएको र २०२२ मा सीमित संख्यामा मात्र बिक्री हुने जानकारी दिएका छन् ।

विश्व बजारमा किया ईभी६ ३ भेरिएन्ट ईभी६, ईभी६ जीटी–लाइन र ईभी६ जीटीमा लन्च गरिएको छ । यी कारहरूमा धेरै ड्राइभ कन्फिगरेसनहरू समावेश छ, जसमा ५१० किलोमिटरभन्दा बढीको रेन्जका लागि २ वटा ब्याट्री भेरिएन्टहरू समावेश छन् । टप भेरिएन्ट जीटी थप शक्तिशाली ब्याट्री प्याकको साथ पेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

नाइमा माेबिलिटी एक्सपाे २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे५’ एसयूूभी

नाइमा माेबिलिटी एक्सपाे २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे५’ एसयूूभी

काठमाडौँ – नेपालका लागि जेइकाे ईभीकाे आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...

यसकारण सार्वजनिक भएन नेपालमै लोकप्रिय महिन्द्रा ईटुओको नयाँ मूल्य सूची

यसकारण सार्वजनिक भएन नेपालमै लोकप्रिय महिन्द्रा ईटुओको नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा केही दिन यता इलेक्ट्रिक कारहरुको नयाँ मूल्य सूची...

नेपाल स्कोर्स, ओमोडा ग्रोज अन्तर्गत गरियो ३ हजार वृक्षरोपण

नेपाल स्कोर्स, ओमोडा ग्रोज अन्तर्गत गरियो ३ हजार वृक्षरोपण

काठमाडौं — नेपालमा ओमोडाको लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...