हिरो एक्सपल्स २०० फोरभी सोल्ड आउट : अब बुकिङ गर्नेले पाउनेमा अन्यौल

काठमाडौं – नेपाली बजारमा हालै उपलब्ध हिरो एक्सपल्स २०० फोरभीको सबै युनिट बिक्री भएको छ । नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले पहिलो लटमा भित्रिएका सबै २ सय युनिट मोटरसाइकल सोल्ड आउट भएको बताएको छ ।

यसका आधारमा अब बुकिङ गर्नेले भने कहिले पाउने भन्ने वारेमा अहिले नै भन्न सकिदैन । ‘एलसी खोल्नका लागि स्वीकृति नदिने बैंकको नीतिका कारण छिट्टै नै अन्य युनिट कहिले भित्रिने भन्ने वारेमा अन्यौलता छ ।’ कम्पनी स्रोतले भन्यो, ‘यसले गर्दा अब बुकिङ गर्नेले यो मोटरसाइकल पाउनका लागि केही समय कुर्नुपर्ने हुन सक्छ ।’

गत चैत २० गते एक कार्यक्रमका बीच यो मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गरिएको थियो ।

एक्सपल्स २००, २०० सीसीको बीएस६ आयलकुल्ड इन्जिनद्वारा सुसज्जित छ, जसले ८५०० आरपीएममा १९.१ पीएसको पावर र ६५०० आरपीएममा १७.३५ एनएमको टर्क जेनेरेट गर्छ ।

४ भल्भ आयल कूल्ड इन्जिनले मध्य र उच्च गति ९टप–एन्ड स्पिड रेन्ज०मा उत्कृष्ट शक्ति प्रदान मात्र गर्दैन तर कम्पनहरूलाई नियन्त्रणमा राख्दै उच्च गतिमा पनि तनावमुक्त इन्जिन कार्यसम्पादन प्रदान गर्दछ ।

सबैखालका भू–भागमाथि विजयको मनोभावसहित मोटरसाइकलमा लङ सस्पेन्सन ट्राभल, १९० एमएम फ्रन्ट र १७० एमएम रियर साथै २१ इन्च फ्रन्ट र १८ इन्च रियर स्पोक ह्वील रहेको छ ।

अफरोड र अनरोड दुवै सडकका लागि उपयुक्त यो एक प्रकारको एड्भेन्चर मोटरसाइकल हो । त्यसैगरी मोटर स्पोर्ट्सप्रति रुचि राख्ने युवाहरुका लागि ¥याली किट समेत उपलब्ध गराइएकाले पनि यो धेरैका लागि आकर्षण बनेको छ ।

यो मोटरसाइकलको मूल्य ४ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

हिरो एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आर अब बिर्तामोडमा पनि

हिरो एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आर अब बिर्तामोडमा पनि

सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दूई नयाँ मोटरसाइकल...

किफायती मूल्य र नयाँ सुविधासहित हिरो भिडाको नयाँ स्कुटर लन्च हुँदै

किफायती मूल्य र नयाँ सुविधासहित हिरो भिडाको नयाँ स्कुटर लन्च हुँदै

हिरो मोटोकर्पको इलेक्ट्रिक सहायक कम्पनी भिडाले नयाँ स्कुटर भीएक्स२ लन्च...

पुरानो बाइकसँग नयाँ बाइक साट्नु छ ? जाऔं हिरो सर्भिस तथा एक्सचेन्ज महामेला

पुरानो बाइकसँग नयाँ बाइक साट्नु छ ? जाऔं हिरो सर्भिस तथा एक्सचेन्ज महामेला

काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...