चुनाव प्रचारमा छत खोलेर हिँड्न मिल्ने ‘रुफटप भेइकल’ प्रयोग गर्न नदिने सरकारको निर्णय
काठमाडौं – सरकारले निर्वाचन प्रचारमा जाँदा उम्मेदवारहरुले छत खोलेर...
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी साधनको भाडा डिजिटल माध्यमबाट भुक्तानी गर्न मागेको प्रस्ताव हालको लागि स्थगित गरेको छ ।मन्त्रालयले यसअघि गाडीको भाडा भुक्तानीका लागि सेवा प्रदायक छनौट गर्ने तयारी गरेको थियो । यसको लागि सेवा प्रदायक कम्पनीहरुलाई ३० दिनभित्र प्रस्तावसहितको निवेदन दिन भनेको थियो ।
मन्त्रालयले भुक्तानी प्रणालीमार्फत भाडा भुक्तानी गर्ने सेवा दिने कम्पनीहरुलाई आवेदन दिन भनेकोमा हाल थप अध्ययन गर्ने बताईएको छ । ‘सो विषयमा थप अध्ययन परामर्श र तयारीका साथ पुन सूचना प्रकाशित गर्ने गरी उक्त सूचना र सोसँग सम्बन्धित खरिद प्रक्रिया हाललाई रद्द गरिएको छ,’ रोजगार तथा यातायात मन्त्रालयले भनेको छ ।
मन्त्रालयले बागमती प्रदेश भित्रका यात्रुबाहक सार्वजनिक सवारी साधनमा नगदरहित विद्युतीय भुक्तानी प्रणालीमार्फत प्रिपेड कार्डबाट भाडा भुक्तानी गर्ने व्यवस्था गराउन लागेको हो । मन्त्रालयले यसअघि नै अनलाइन तथा डिजिटल भाडा भुक्तानीका लागि प्रदेश भाडा निर्धारण र समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावी २०७८ स्वीकृत गरिसकेको छ ।
काठमाडौं – सरकारले निर्वाचन प्रचारमा जाँदा उम्मेदवारहरुले छत खोलेर...
नेपालका सडकहरूमा बढ्दो सवारी दुर्घटनाको एउटा गम्भीर तर कम चर्चा हुने कारण...
काठमाडौं – चक्रपथ सडक अन्तर्गत तीनकुने–एयरपोर्ट–तिलगंगा सडकखण्ड समेत...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...