सकियो यामाहा एमटी–१५ बीएस६ को प्रतीक्षा : नेपाली ग्राहकले अब छिट्टै नै डेलिभरी पाउने

काठमाडौं – गत वर्ष एकै पटक २ सय यामाहा एमटी–१५ बीएस६ मोटरसाइकल डेलिभरी गरेर चर्चामा रहेको यामाहा नेपालले त्यसयता भने ग्राहकको माग अनुसारको संख्यामा मोटरसाइकल डेलिभरी गर्न सकेको छैन ।

तर ‘प्रतीक्षाको फल मिठो हुन्छ’ भने जस्तै एमटी–१५ बीएस६ प्रि– रिजर्भेसन गरेर लामो समयसम्म प्रतीक्षामा रहेका ग्राहकका लागि यामाहा नेपालले खुसीको खबर ल्याएको बताएको छ ।

एमटी–१५ बीएस६ उत्पादन कार्य अन्तिम चरणमा आइपुगिसकेको र अबको केही दिनमै एमटी–१५ बीएस६ का साथ नेपाली राइडरहरुले पनि नेपालका सडकमा सबैको ध्यान आकर्षित गर्ने नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बताएको छ ।

सो नेकेड स्ट्रीट फाइटरमा भएका विभिन्न विशेषताका कारण अन्य मोटरसाइकल भन्दा फरक भएको र धेरै राइडरले यसको प्रतीक्षा गरिरहेको कम्पनीको भनाइ छ । एमटी–१५ बीएस६ को डेलिभरीका लागि व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको डार्क वारियरप्रति यामाहा नेपालले धन्यवाद समेत व्यक्त गरेको छ ।

टर्क र छरितोपन, परिष्कृत कन्ट्रोल पोस्चर्स र सिंगल–च्यानल एबीएसका लागि परिचित, सबैभन्दा गतिशील लाइटवेटहरू मध्ये एक उक्त प्योर ग्रिड हाइपर नेकेड, एमटी स्टेबलबाट अतिरिक्त समय र कडा परिश्रमसहित विशेष सामग्रीहरूको प्रयोगपछि तयार गरिएको बाइक हो, एमटी–१५ बीएस६ ।

एमटीको उत्पादनमा लाग्ने सामग्रीहरू यामाहाले विशेष रूपमा छनौट र निर्माण गर्ने गरेको बताउछ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले गत वर्ष अर्थात २०२१ सेप्टेम्बर २४ मा भृकुटीमण्डपमा सम्पन्न् यामाहा महा एक्सचेन्ज मेलामा लन्च गरेको थियो । सो समयमा उक्त बाइकका लागि देखिएको क्रेज विरलै देख्न पाइने दृश्य थियो । नेपाली बाइक इतिहासमा सायद एमटी–१५ बीएस६ को २ सय युनिट एकै पटक बिक्री र डेलिभर हुने पहिलो बाइक भएको कम्पनीको भनाइ छ । उक्त लन्चपश्चात एमटी–१५ बीएस६ का लागि माग निरन्तर बढ्दो रहेको छ ।

सो १५५ सीसीको मोटरसाइकल उत्पादन गर्न केही कठिनाई भएकाले नेपाली बजारमा समेत यो मोटरसाइकल माग अनुसार उपलब्ध हुन सकेन । यामाहाले आफ्नो उत्पादनका लागि कुनै सम्झौता नगर्ने भएकाले अब्बल सामग्री प्रयोग गर्ने गर्छ । यही कुरालाई मनन गरी ग्राहकलाई समेत प्रतीक्षा गराए तापनि हाल यो मोडल निर्माण गर्न आवश्यक पर्ने प्रमुख इलेक्ट्रोनिक चिप्सको अभाव हटेको छ । इलेक्ट्रोनिक चिप्सको अभाव भारतीय बजारमा मात्र नभएर यो विश्वव्यापी परिदृश्य थियो । यामाहालाई ठूलो मात्रामा चिप्सहरू चाहिएको कारणले चिप्स उत्पादकहरू यति चाँडै यामाहाको माग पूरा गर्न सक्ने स्थितिमा थिएनन् ।

तर यी अवरोधहरू पार गर्दै अन्ततः यामाहाले एमटी–१५ बीएस६ को निर्माण कार्य लगभग सम्पन्न गरिसकेको छ । र अबको केही दिनमै नेपालभर रहेका यामाहाका वितरकहरूमा बाइक उपलब्ध हुने एमएडब्लु इन्टरप्राइजेजले बताएको छ ।

यो मोटरसाइकलको मूल्य ४ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

यामाहाको ‘महा एक्सचेन्ज मेला’ सुरु, अनमोल केसीले गरे उद्घाटन : यामाहा एफजेड–एक्स मुख्य आकर्षण

यामाहाको ‘महा एक्सचेन्ज मेला’ सुरु, अनमोल केसीले गरे उद्घाटन : यामाहा एफजेड–एक्स मुख्य आकर्षण

काठमाडौं — राजधानीको भृकुटीमण्डपमा यामाहाको ‘महा एक्सचेन्ज मेला’सुरू...

यामाहाले ल्याउने भयो नयाँ बाइक आर१५ एम, लन्च नहुँदै लिक भयो पहिलो तस्बिर

यामाहाले ल्याउने भयो नयाँ बाइक आर१५ एम, लन्च नहुँदै लिक भयो पहिलो तस्बिर

केही दिन पहिले यामाहाले नयाँ बाइकको नाम आर१५ एम राख्ने गरी दर्ता भएको...

पोखरामा यामाहा ब्लु फेस्ट २०८२ को सुरुवात, यस्तो छ छुट र सुबिधा

पोखरामा यामाहा ब्लु फेस्ट २०८२ को सुरुवात, यस्तो छ छुट र सुबिधा

काठमाडौँ– नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...