टिभिएसको सबैभन्दा सस्तो बाइक रेडियन, यस्तो छ मूल्य र फिचर्स

पावरफुल र स्टाइलिस मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने राइडरको रोजाइमा पर्न सफल ब्रान्ड हो टिभिएस । यो ब्रान्डको मोटरसाइकल तथा स्कुटर स्पोर्टी लुक्स र पवारफुल इन्जिन चाहने युवा राइडरमाझ लोकप्रिय बनिरहेको छ । नेपाली बजारमा यसको ११० देखी ३१० सिसी क्षमतासम्मका मोटरसाइकल उपलब्ध छन् । यी मध्ये सबैभन्दा सानो सिसी र कम मूल्य निर्धारण गरिएको बाइक हो रेडियन ।

कम्युटर सेग्मेन्टको इन्ट्रि लेभल यो बाइकमा १०९.७ सिसी क्षमताको फोर स्ट्रोक, सिंगल सिलिन्ड र एयर कुल्ड सहितको ड्युरालाइफ इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ८.३ बिएचपी र टर्क ८.७ एनएम रहेको छ । ४ स्पिड गियर दिइएको यसले प्रतिलिटर इन्धनको खपतमा ६० किलोमिटर भन्दा बढी माइलेज प्रदान गर्ने दाबी गरिएको छ ।

यो मोटरसाइकलमा एलइडी डिआरएलएस, टफ फ्युल ट्यांक प्याड, आरामदायी सिट र युएसबी चार्जिङ लगायत फिचर्स दिइएको छ । कम्बाइन्ड ब्रेकिङ सिस्टम दिइएको यसको दुबै चक्कामा भने ड्रम ब्रेक मात्र जडान गरिएको छ । ११६ किलो वजन भएको यो बाइकको ग्राउन्ड क्लिरियन्स १८० एमएम र ह्विलबेश १२६५ एमएम रहेको छ । १० लिटर क्षमताको फ्युल ट्यांक जडान गरिएको रेडियनको अगाडी टेलिस्कोपिक शक एब्जर्वर र पछाडी ५ स्टेप एड्जस्टेवल हाइड्रोलिक शक एब्जर्बर दिइएको छ ।

प्रौढ उमेर समुहका ग्राहकलाई लक्षित गरी निर्माण गरिएको यो बाइकको प्रतिस्पर्धा हिरो स्प्लेन्डर प्रो र आइ स्मार्ट तथा बजाज प्लाटिनासंग हुने देखिन्छ । यो बाइकको मूल्य नेपाली बजारमा १ लाख ९० हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

अपाचे आरटीआर १६० भी४ को स्पेशल एडिसन नेपाल आउँदै

अपाचे आरटीआर १६० भी४ को स्पेशल एडिसन नेपाल आउँदै

काठमाडौं– टीभीएस अपाचे आरटीआर १६० भी४ एफआईको स्पेशल एडिसन नेपालमा...

एक वर्षमै ३ लाख युनिट टीभीएस आईक्युब बिक्री, नेपालमा चर्चा कमाउँदै

एक वर्षमै ३ लाख युनिट टीभीएस आईक्युब बिक्री, नेपालमा चर्चा कमाउँदै

टीभीएसले गत वर्ष भारतमा ३ लाख युनिट भन्दा बढी आईक्युब स्कुटर बिक्री गरेको छ...

एनओजी महेन्द्रनगर च्याप्टर राइड सम्पन्न

एनओजी महेन्द्रनगर च्याप्टर राइड सम्पन्न

काठमाडौँ – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...