यस्तो छ नेपाली बजारमा हालै बुकिङ खुला गरिएको प्रोटोन एक्स५० मा भएका ९ फरक विशेषता

नेपाली बजारमा मलेसियन एसयूभी प्रोटोन एक्स५० को बुकिङ खुला गरिएको छ । आगामी मार्च २३ मा लन्च गर्ने योजना भएको यो गाडीमा नेपालमै पहिलो पटक प्रयोग गर्न सकिने धेरै फरक खालका फिचर उपलब्ध छन् ।

प्रोटोन एक्स५० मा एडीएएस अर्थात एड्भान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम छ । नेपाली बजारमा यो फिचर उपलब्ध थोरै गाडीमा यो पर्छ । यस अन्तर्गत भएका विभिन्न फिचरका कारण यो गाडीको विशेषता अन्य गाडी भन्दा धेरै फरक छ ।

यसमा भएको राडारले सडकमा गाडी चलाइरहेको समयमा अन्य गाडी वा वस्तुलाई पहिचान गर्ने काम गर्छ । यसले गर्दा निश्चित गतिमा दौडाउन र अन्य वस्तुहरुसँग छोइनबाट बचाउछ ।

रिमोट इन्जिन स्टार्ट – प्रोटोन एक्स५० को ढोका नखोलेर वाहिरैबाट इन्जिन स्टार्ट गर्न सकिन्छ । रिमोटको सहयोगले निश्चित दुरीबाट इन्जिन स्टार्ट गरे पछि जाडो मौसममा केही समय तातिन वा गर्मी मौसममा केही वेर चिसो हुन दिए पछि मात्र ड्राइभर सिटमा गएर बस्दा हुन्छ ।

अटो पार्क असिस्ट – नेपालमा उपलब्ध गाडी मध्ये पहिलो फिचर हो अटो पार्क असिस्ट । धेरै गाडी पार्किङ गरिराखेको स्थानमा नजिकै पु-याउदा यो गाडीले आफै पार्किङ स्पेस पत्ता लगाएर सहज तरिकाले पार्किङमा बस्छ । यसलाई प्यारालल वा परपेन्डिकुलर गरी दुई तरिकाले पार्किङ गर्न सकिन्छ । त्यसैगरी पार्किङ गरेको स्थानबाट आफै निस्कने समेत हुन्छ ।

फ्रन्ट वेलकम ल्याम्प – गाडीको ढोका खोले पछि वेलकम ल्याम्प बल्छ र तलतिर प्रोटोनको लोगो देखिन्छ ।

फरवार्ड कोलिजन वार्निङ – गाडी निश्चित गतिमा दौडिरहेको छ र कुनै निश्चित दुरीमा अन्य गाडी वा कुनै वस्तु आए भने अगाडि ठोक्किने सम्भावना हुन्छ । यो अवस्थामा फरवार्ड कोलिजन वार्निङले सचेत गराउछ । यसले गर्दा दुर्घटना हुन पाउदैन ।

आईसीसी अर्थात इन्टेलिजेन्ट क्रुज कन्ट्रोल – यसमार्फत निश्चित गतिमा गाडी चलाउनका लागि सेट गरिसके पछि पनि स्टेयरिङमार्फत लेनको सेन्टरमा चलाउन सकिन्छ ।

लेन डिपार्चर वार्निङ – गाडी चलाइरहेको समयमा लेन भन्दा वाहिर गयो भने गाडीलाई अटोमेटिक रुपमा आफ्नो लेनमा ल्याउछ ।

बीएलआईएस अर्थात ब्लाइन्ड स्पट इन्फर्मेसन सिस्टम – गाडीको भित्रतिरबाट कतिपय अवस्थामा छेउतिरका दृश्य अर्थात ब्लाइन्ड स्पट नदेखिन सक्छ । यो अवस्थामा बीएलआईएसको सहयोगले सिसामा सहज तरिकाले ती स्थान देख्न सकिन्छ र दुर्घटना हुने डर हुँदैन । यसका लागि गाडीमा भएको ३६० क्यामेराले सहयोग गर्छ ।

आईएचबीसी अर्थात इन्टेलिजेन्ट हाई बिम कन्ट्रोल – रातको समयमा गाडी चलाउदा परिस्थिति अनुसार हाई बिम वा लो बिमको लाइट उपलब्ध गराउन यसले सहयोग गर्छ ।

भ्वाइस कमान्ड – ‘हाई प्रोटोन’ उच्चारण गरेर झ्याल खोल्न, म्युजिक बजाउन वा यस्तै विभिन्न निर्देशन दिदा अटोमेटिक रुपमा काम गर्छ । यो फिचर पनि निकै नै आकर्षक छ ।

नेपाली बजारमा जगदम्बा मोटर्सले प्रोटोनका गाडी बिक्री–वितरण गरिरहेको छ । नेपाली बजारमा सो एसयूभी स्ट्यान्डर्ड, प्रिमियम र फ्ल्यागसिप गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ । भेरिएन्ट अनुसार यसको मूल्य ७१ लाख ९९ हजार, ७९ लाख ९९ हजार र ८४ लाख ९९ हजार रुपैयाँ हुनेछ ।

यसको माथिल्लो भर्सन अर्थात फ्ल्यागसिप भेरिएन्टमा १.५ लिटर टीजीडीआई इन्जिन छ, जसले १७७ पीएस पावर र २५५ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी स्ट्यान्डर्ड र प्रिमियम भेरिएन्टमा रहेको इन्जिनले १५० पीएस पावर र २२६ एनएम टर्क जेनेरेट गर्छ ।

सम्बन्धित समाचारहरू

अपाचे आरटिआर १६० फोर भीको बिएस६ भर्सन सार्वजनिक, मूल्य बिएस४ भन्दा ३५ हजार रुपैयाँले बढी

अपाचे आरटिआर १६० फोर भीको बिएस६ भर्सन सार्वजनिक, मूल्य बिएस४ भन्दा ३५ हजार रुपैयाँले बढी

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्वा मोटर्स प्रालिले...

धनगढीमा प्रोटोन ईमासको नयाँ शोरूम सञ्चालन

धनगढीमा प्रोटोन ईमासको नयाँ शोरूम सञ्चालन

काठमाडौं – जगदम्बा मोटर्स अन्तर्गतको इलेक्ट्रिक सवारी साधन ब्रान्ड...

एक्सचेन्ज सुबिधा सहित मासिक ६ हजार किस्तामा टिभिएस मोटरसाइकल

एक्सचेन्ज सुबिधा सहित मासिक ६ हजार किस्तामा टिभिएस मोटरसाइकल

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्सले मासिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...