२ लाख ९० हजारको स्कुटर किनेका विनोद मानन्धरले उपहार पाउने भए ४३ लाखको कार

काठमाडौं – नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आयोजना गरेको ‘६ प्राइजको सरप्राइज’ को बम्पर लक्की ड्र घोषणा गरिएको छ ।

यस अनुसार भक्तपुरको सल्लाघारीका विनोद मानन्धरले प्रोटोन सागा कार जितेका छन् । उनले टीभीएस एनटर्क आरटीएफआई बीएस६ स्कुटर किनेका थिए । यो स्कुटरको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ छ । उनले अब पाउने प्रोटोन सागा कारको मूल्य भने ४३ लाख रुपैयाँ छ ।

६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुनेगरी विभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्ने व्यवस्था थियो।

यस वर्षको दसैं, तिहार लगायतका चाडपर्वको हर्षको समयमा ग्राहकको जीवनमा थप उत्साह भर्न उक्त योजनाले एक पटक, दुइ पटक मात्र नभएर पुरै ६ पटकसम्म सरप्राइज प्रदान गर्ने कम्पनीको भनाइ थियो । योजना अन्तर्गत ग्राहकले किन्दै नकिनी टीभीएसको वेबसाइटमा गएर १ लाख सम्म र सवारी खरिद गर्दा १० लाखसम्मको भारी नगद हात पार्न सक्ने व्यवस्था थियो। यति मात्र नभएर दैनिक एक थान रियलमी सी२० स्मार्टफोन पनि ग्राहकको लागि उपहार स्वरुप राखिएको थियो ।

यसैगरि यस योजनाले ग्राहकलाई हरेक हप्ता शतप्रतिशत क्यास ब्याकको अफर समेत राखेको थियो, जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउने र हरेक महिना टीभीएस अपाचे आरआर ३१० पाउने सुवर्ण अवसर समेत रहेको थियो ।

योजनाको मुख्य सरप्राइज चाहिँ यसको बम्पर प्राइज रहेको थियो, जहाँ १ जना भाग्यमानी ग्राहकले योजनाको अन्त्यमा टीभीएसको सवारीसँगै प्रोटोन सागा कार घर लैजाने व्यवस्था थियो । यसको भाग्यशाली विजेता बनेका हुन् विनोद मानन्धर ।

लक्की ड्र सार्वजनिक कार्यक्रमको अवसरमा जगदम्बा मोटर्सका सीईओ दिपक कुमार अग्रवालले टीभीएसले ग्राहकहरुका लागि उत्कृष्ट मोटरसाइकल र स्कुटर उपलब्ध गराइरहेको र थप आकर्षणको रुपमा उपहारको समेत व्यवस्था गरेको बताए । उनले ग्राहक वर्गको रुचिकै कारण नेपाली बजारमा टीभीएस उत्कृष्ट ब्रान्ड बन्न सफल भएको बताउदै आगामी दिनमा समेत यस्ता ग्राहकमैत्री कार्यक्रमलाई निरन्तरता दिने बताए ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोमा टीभीएसले इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्ने

नाडा अटो शोमा टीभीएसले इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्ने

टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नाडा अटो शोमा आफ्नो...

अपाचे आरटिआर १६० फोर भीको बिएस६ भर्सन सार्वजनिक, मूल्य बिएस४ भन्दा ३५ हजार रुपैयाँले बढी

अपाचे आरटिआर १६० फोर भीको बिएस६ भर्सन सार्वजनिक, मूल्य बिएस४ भन्दा ३५ हजार रुपैयाँले बढी

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्वा मोटर्स प्रालिले...

टीभीएसको दोस्रो एओजी नाइट राइड सम्पन्न

टीभीएसको दोस्रो एओजी नाइट राइड सम्पन्न

काठमाडौं– टीभीएस मोटर्सको नेपालका लागी आधिकारिक वितरक जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...