युरो ६ सकारात्मक : तर तयारी गरेर मात्र लागू गर्न नाडाको आग्रह

काठमाडौं – सम्पुर्ण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागू गर्ने प्रस्तावलाई नाडा अटोमोबाइल्स एसोसिएसनले सकारात्मक रुपमा लिएको बताएको छ ।

आज आयोजित एक कार्यक्रममा यस सम्बन्धी जानकारी गराइएको हो । यद्यपि यसको समग्र पूर्वाधार तयारीका लागि चरणवद्ध रुपमा लागू गर्दे जानु पर्ने नाडाले बताएको छ ।

नाडा अध्यक्ष ध्रुवबहादुर थापा र अन्य पदाधिकारी सम्मिलित प्रेस मिट कार्यक्रममा अहिले त्यसका लागि देशमा उपयुक्त पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार नभई सकेको सन्र्दभमा यसलाई चरणवद्ध रुपमा नै लागू गर्ने व्यवस्थाका लागि सरकारसँग हार्दिक अनुरोध गरेको बताइएको छ ।

एकै पटक युरो ६ मा जानका लागि त्यही अनुसारको सवारी साधन भएर मात्र पुग्दैन, त्यसका लागि आवश्यक इन्धन, प्रविधि, वर्कशप र सरकारको अनुगमन प्रणाली समेत हुनु आवश्यक छ । यसबाट सवारी साधनको मूल्यमा वृद्धि हुने मात्र होइन, इन्धन किफायतीपना समेत घट्ने र सर्भिसिङ समेत छिटो गराउनु पर्ने हुन्छ ।

यी सबै कार्यका लागि आवश्यक तयारी गर्नुपर्ने भएकाले त्यसै अनुसार तयारी गरेर मात्र कार्य अगाडि बढाउन नाडाले अनुरोध गरेको छ ।

भारतमा पनि युरो ४ पछि युरो ६ लागू गरिएको र सरकारले यसका लागि दुई वर्षको समय दिएको बताउदै व्यवसायीसँग समन्वय गरेरमात्र चरणबद्ध रुपमा युरो ४ हुँदै युरो ६ लागू गरिनु उपयुक्त हुने नाडाको भनाइ छ ।

वातावरण नियमावली २०५४ कार्यान्वयनमा आएपछि सरकारले पहिलो पटक २०५६ मा ‘नेपाल प्रदूषण मापदण्ड २०५६’ लागू गरेको थियो । उक्त मापदण्ड युरो १ सरह थियो । उक्त मापदण्ड २०६९ मा परिमार्जन भएर ‘नेपाल सवारी प्रदूषण मापदण्ड २०६९’ लागू भएको हो, त्यसअनुसार अहिले युरो ३ मापदण्ड कार्यान्वयनमा छ ।

सम्बन्धित समाचारहरू

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँग नाडा प्रतिनिधि मण्डलको भेटघाट, के भयो छलफल ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँग नाडा प्रतिनिधि मण्डलको भेटघाट, के भयो छलफल ?

काठमाडौं–नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले...

प्रतीक्षामा नयाँ बजेट : करको दर बढ्ला वा नबढ्ला ? कि घट्ला ?

प्रतीक्षामा नयाँ बजेट : करको दर बढ्ला वा नबढ्ला ? कि घट्ला ?

संघीय सरकारले आज संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछ ।...

नयाँ सरकारबाट अटोमोबाइल व्यवसायीका अपेक्षा

नयाँ सरकारबाट अटोमोबाइल व्यवसायीका अपेक्षा

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...