सरकार युरो ६ लागु गर्ने तयारीमा, मर्मतसम्भारमा समस्या आउन सक्ने नाडा अध्यक्ष थापाको भनाइ

सरकारले प्रदूषण मापदण्ड युरो ३ बाट एकैपटक युरो ६ लागु गर्न लागेको विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आपत्ति जनाएको छ । संघका अध्यक्ष धुव्र थापाले व्यवसायीलाई समय नै नदिई एकैपटक युरो ६ मा जाँदा प्राविधिक पक्षमा ठूलो समस्या आउन सक्ने बताउँदै अपात्ति जनाएका हुन् ।

उनले भने, ‘प्रदूषण कम गर्नुपर्छ भन्ने विषयमा व्यवसायीको समेत समर्थन रहेपनि विना तयारी एकैपटक जम्प गरिँदा यसले भोलिका दिनमा ठूलो समस्या ल्याउन सक्ने तर्फ सबै पक्ष सतर्क रहुनपर्छ । युरो ६ गाडी प्राविधिक हिसावले समेत फरक हुने हुँदा यस्ता सवारीसाधनको मर्मत सम्भार गर्न अहिलेको जनशक्ति पर्याप्त नहुनसक्छ । त्यसैले युरो ४ र त्यसपछि चरणबद्ध रुपमा युरो ६ मापदण्डमा जानु उपयुक्त हुन्छ ।’ युरो ४ नै लागु नभएको अवस्थामा एकैपटक युरो ६ मा जाँदा यसले वातावरण प्रदूषण कम गर्न सहयोग गरेपनि व्यवसायी र समग्र अटोमोबाइल क्षेत्रमा नै समस्या ल्याउनसक्ने खतरा रहेको उनको बुझाइ छ ।

उनले भारतमा पनि युरो ४ पछि युरो ६ लागु गरिएको र सरकारले यसका लागि दुई वर्षको समय दिएको बताउदै व्यवसायीसँग समन्वय गरेरमात्र चरणबद्ध रुपमा युरो ४ हुँदै युरो ६ लागु गरिनु उपयुक्त हुने बताए ।

नयाँ प्रदुषण मापदण्ड लागु गर्ने विषयमा लामो छलफलपछि सरकारी कर्मचारी र अटोमोवाइल व्यवसायी बीच तत्काल नेपाल प्रदुषण मापदण्ड ४ लागु गर्ने र त्यसको दुई वर्षपछि नेपाल प्रदुषण मापदण्ड ६ लागु गर्ने विषयमा सहमति भएको भएपनि त्यो सहमतिलाई बन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादबले खारेज गरिदिएका छन् । मन्त्रीले तत्काल नेपाल प्रदुषण मापदण्ड ६ तयार गर्नसमेत निर्देशन दिएका छन् ।

युरो ६ मापदण्डका गाडीको मूल्य भारतमै ४० हजार भारुसम्म महंगो पर्ने बताउँदै उनले भने, ‘यस्ता गाडीको मूल्य महंगो समेत पर्ने हुँदा यसले उपभोक्तालाई समेत मार पार्नेछ । युरो ६ मापदण्ड लागु हुने वित्तिकै सवारीसाधनको मूल्य नेपालमा २ लाख रुपैयाँसम्म बढ्ने देखिन्छ ।’ नेपालमा मात्र नभई विश्वका कैयन अन्य राष्ट्रहरुमा समेत हालसम्म युरो ३ मापदण्डका सवारीसाधनको कारोबार भैरहेका कारण नेपालले बिना तयारी निणर्य लिन नहुने उनको भनाइ छ ।

वातावरण नियमावली २०५४ कार्यान्वयनमा आएपछि सरकारले पहिलो पटक २०५६ मा ‘नेपाल प्रदूषण मापदण्ड २०५६’ लागू गरेको थियो । उक्त मापदण्ड युरो १ सरह थियो । उक्त मापदण्ड २०६९ मा परिमार्जन भएर ‘नेपाल सवारी प्रदूषण मापदण्ड २०६९’ लागू भएको हो, त्यसअनुसार अहिले युरो ३ मापदण्डका सवारीसाधन भित्रिरहेका छन् । भारतले सन् २०२० देखि नै युरो ६ मापदण्ड कार्यान्वयनमा ल्याइसकेपनि आयातकर्ता राष्ट्रको मागबमोजिम युरो ३ सरहको गाडी उत्पादन गरि निर्यात गर्दै आइरहेको छ ।

हाल बजारमा केही टु ह्विलर आयातकर्ता कम्पनीले युरो ६ मापदण्डका मोटरसाइकल र स्कुटर आयात थालिसकेका छन् । त्यसैगरी केही फोर ह्विलर कम्पनीले समेत सोही मापदण्डका गाडी आयात गर्न थालेका छन् ।

सम्बन्धित समाचारहरू

नाडा अध्यक्षमा उम्मेदवारी दिने करण चौधरीको घोषणा : भन्छन् – नाडालाई चिनाउनु पहिलो एजेन्डा

नाडा अध्यक्षमा उम्मेदवारी दिने करण चौधरीको घोषणा : भन्छन् – नाडालाई चिनाउनु पहिलो एजेन्डा

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स...

नाडा अटो शोमा ८२ स्टल रहने, १ लाख बढी दर्शकले अवलोकन गर्ने

नाडा अटो शोमा ८२ स्टल रहने, १ लाख बढी दर्शकले अवलोकन गर्ने

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशनले भाद्र २६ गतेदेखि ३१ गतेसम्म...

ईभी पूर्बाधार तयार पार्न व्यवसायी तयार, १० वर्षे स्थिर निती चाहियो : नाडा अध्यक्ष चौधरी

ईभी पूर्बाधार तयार पार्न व्यवसायी तयार, १० वर्षे स्थिर निती चाहियो : नाडा अध्यक्ष चौधरी

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले ईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...