इम्बोस्ड नम्बर प्लेट जडानका लागि तोकियो थप कार्यालय, तीव्रता दिने तयारीमा सरकार
काठमाडौं – विभिन्न कारणले चौतर्फी आलोचना भइरहेको र यो हाल अनिवार्य नभएको...
नेपाल राष्ट्र बैंकले हालै जारी गरेको एकीकृत परिपत्र–२०७६ को संशोधनमा बिलासी बस्तुहरुको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने प्रावधानभित्र संवेदनशील भनिएका केही स्पेयर पार्ट्स समेत सामेल भएको पाइएको छ ।
यो प्रावधानभित्र हार्मोनिक कोड ६८.१३ मा ब्रेक प्याड, ब्रेक लाइनिङ र क्लच समेत सामेल गरिएका कारण यी वस्तुको आयातमा समेत व्यवसायीले कस्मेटिक सामान, टायल र मार्वल लगायत अन्य सामान सरह शतप्रतिशत मार्जिन राख्नुपर्ने भएको हो ।
त्यसैगरी अर्को हार्मोनिक कोड ६५ मा हेल्मेट समेत सामेल भएको छ । यी दुबै हार्मोनिक कोडमा सामेल वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने राष्ट्र बैंकले जारी गरेको उक्त परिपत्रमा उल्लेख गरिएको छ ।
सवारीसाधनको सुरक्षा संवेदनशीलतासँग समेत जोडिएका यी वस्तुको आयातमा लागू गरिएको यो प्रावधानले सवारीसाधनको मर्मतसम्भारमा नै समस्या पर्ने व्यवसायीहरुले बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष एवं स्पेयर पार्ट्स व्यवसायी सुनिल रिजालका अनुसार यस्तो प्रावधानले बजारमा यी सामान आयात हुने अवस्था नरहने देखिएको छ । उनले भने, ‘हार्मोनिक कोडको शीर्षकमा उल्लेख भएकै आधारमा सवारीसाधनको मर्मतसम्भारमा प्रयोग हुने अत्यावश्यक सामानहरुमा समेत शतप्रतिशत मार्जिनको प्रावधान लागू हुँदा यसले समग्र यातायात क्षेत्रनै प्रभावित हुने देखिएको छ । तरलता अभावको समस्या देखाउँदै बैंकहरुले अन्य पार्ट्सको आयातमा समेत एलसी दिन नमानिरहेको अवस्थामा आएको यो प्रावधानले व्यवसायीमाथि झन् पीडा थप गरेको छ ।’
अर्का पाटर््स व्यवसायी सत्यदीप इन्टरनेसनलका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्रले यो प्रावधान कायम रहिरहे बजारमा यस्ता पार्ट्सको कारोबारमा अवैध गतिविधि समेत बढ्न सक्ने बताए । शतप्रतिशत नगद जम्मा गरेर कुनैपनि व्यवसायीले सामान आयात गर्न नसक्ने भन्दै उनले भने, ‘यसले बजारमा चरम अभावको अवस्था सिर्जना गर्ने र अबैध कारोबारीहरु सल्बलाउने जोखिम रहन्छ । साथै मूल्य बढ्ने र दीर्घकालमा सवारीसाधनको मर्मतसम्भार नै प्रभाबित बन्नेछ ।’ तरलता अभावका कारण अधिकांश बैंकहरुले एलसी खोल्न नै नमानिरहेको अवस्थामा आएको यस्तो प्रावधानले स्पेयर पार्ट्स व्यवसाय नै धरासायी हुने उनको भनाइ छ ।
यस विषयमा राष्ट्र बैंकसँग कुरा गर्दा प्रवक्ता गुणाकर भट्टले उल्लेखित हार्मोनिक कोडमा केही स्पेयर पार्ट्स समेत सामेल भएका कारण यस्तो समस्या देखिएको आफूहरुलाई बताएको रिजालले बताए । उनले भने, ‘नाडामार्फत हामीले कुरा गर्दा प्रवक्ता भट्टले विगतमा भएको गल्तीलाई सच्चाउन सकिने संकेत देखाउनु भएको छ । यो समस्यालाई लामो समयसम्म लम्ब्याउन नहुने नाडाले समेत निचोड निकालेको छ । त्यसैले हामी केही दिनभित्रै गभर्नरलाई भेट्न जाने तयारीमा छौ ।’
काठमाडौं – विभिन्न कारणले चौतर्फी आलोचना भइरहेको र यो हाल अनिवार्य नभएको...
भारतमा सन् २०१३ देखी बिक्री शुरु भएको गल्फ ब्याट्री नेपाली बजारमा समेत...
खुल्ला सीमा नाकाका कारण नेपाल र भारतबीच हुने अबैध कारोबारले बेलाबखत ठूलै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...