चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा पिया, यस्तो बन्यो कार्यसमिति
चितवन – चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया चयन भएका...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा हालै निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक आज बस्ने भएको छ । बैठक बस्नुअघि आजै संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले नयाँ अध्यक्ष ध्रुवबहादुर थापा लगायतको नयाँ पदाधिकारी टिमलाई नाडा कार्यालयमा स्वागत गरेका छन् । उनले नवनिर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना दिए ।
नेतृत्वमा जस्तै पदाधिकारीमा समेत आकांक्षीहरु धेरै भएका कारण यी पदको टुंगो समेत आजै गर्न लागिएको एक कार्यसमिति सदस्यले बताए । उनका अनुसार २९ जना कार्यसमिति सदस्य मध्येबाट ४ जना उपाध्यक्षसहित महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्न लागिएको हो । नाडाको विधान अनुसार पदाधिकारी बन्न एक कार्यकाल अनिवार्य कार्यसमिति सदस्य नियुक्त भएको हुनुपर्ने छ ।
नाडामा यसअघि ध्रुव थापा प्यानलबाट कार्यसमिति सदस्यमा निर्वाचित आकाश गोल्छा, निराकार श्रेष्ठ, प्रदीपमान प्रधान र कपिल शिवाकोटी कार्यसमिति सदस्य भैसकेका कारण उनीहरु पदाधिकारीका लागि योग्य देखिएका छन् भने यमुना श्रेष्ठ पहिलोपटक निर्वाचित भएकी हुन् । जसमध्ये आकाश गोल्छा दुलाल नेतृत्वको कार्यसमितिमा उपाध्यक्ष भैसकेका छन् ।
त्यसैगरी करण चौधरी प्यानलबाट निर्वाचित १२ जना सदस्य सबैजना यसअघिको कार्यसमितिमा पदाधिकारी र सदस्य भैसकेका छन् । जसमध्ये महासचिवमा सुनिल रिजाल, सचिवमा अनुप बराल, कोषाध्यक्षमा सुरेन्द्रकुमार उप्रेती र सहकोषाध्यक्षमा बिक्रम सिंघानिया रहेका थिए ।
चितवन – चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया चयन भएका...
काठमाडौं – आज सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने निश्चित...
काठमाडौं – नेपालमै पहिलो पटक आयोजना गरिएको नाडा ईभी एक्सपो सकिएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...