रिकन्डिसन अटो व्यवसायीको भूमिका महत्वपूर्ण – मन्त्री यादव

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले नेपाली सडक र यातायातलाई व्यवस्थित बनाउन अन्य व्यवसायी जस्तै रिकन्डिसन अटो व्यवसायीहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका भएको बताएकी छिन् । सेकेन्ड ह्यान्ड अर्थात रिकन्डिसन अटो व्यवसायीहरुको संगठन ‘नेपाल रिकन्डिसन अटो व्यवसायी संघ’ को प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले सो भनाइ राखेकी हुन् ।

उनले भनिन्, ‘सुविधा सम्पन्न बाटोमा आफ्नै चार पांग्रे सवारी चढ्न चाहने नेपालीहरुलाई तपाईहरुको सेवाले सहयोग पुगेको छ ।’ यद्यपि सडक दुर्घटना, प्रदूषण, व्यवस्थित सडक आदि सबै कार्यका लागि धेरै काम गर्नुपर्ने आवश्यकता भएको र यसमा सरकार तथा व्यवसायीहरु मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सडक, ट्राफिक, सवारी आदिको व्यवस्थापन गर्नु पर्ने मुख्य जिम्मेवारीमा रहेको विभागले व्यवसायीहरुको माग अनुसार मेकानिकल कन्डिसन ठीक भएका सबै सवारी साधनलाई चल्न दिने नीति लिएको र यसबाट पुराना सार्वजनिक मात्र नभई निजी सवारी साधन व्यवसाय प्रवद्र्धनमा समेत सहयोग पुगेको बताए । विभागले सबै व्यवसायीसँग सहकार्य, समन्वय गरेर अगाडि बढ्ने उनले बताए ।

नााडका नवनियुक्त अध्यक्ष ध्रुव थापाले आफूले पोखरामा २०४६ सालमा रिकन्डिसन व्यवसाय प्रारम्भ गरेको स्मरण गर्दै आगामी दिनमा रिकन्डिसन व्यवसायीलाई पनि नाडामा समेट्न थप पहल गर्ने बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले अन्य देशमा पुराना सवारी साधन कारोबारको व्यवसायलाई व्यवस्थित तरिकाले अगाडि बढाइएको उदाहरण दिदै कानुनले व्यवस्था गरेको नीति अनुसार दुई संघबीच मिलेर सहकार्य गर्न सकिने बताए ।

नेपाल रिकन्डिसन अटो व्यवसायी संघका कार्यवाहक अध्यक्ष रमेश कोइरालाले रिकन्डिसन व्यवसायीले सरकारलाई कर तिरेर व्यवस्थित तरिकाले व्यवसाय गरिरहेको भए पनि यसलाई अझै व्यवस्थित गर्ने कार्यमा साथ दिन सबैको सहयोगको आग्रह गरे ।

अधिवेशनको अवसरमा यातायात व्यवस्था विभागका अधिकृत लेखनाथ खतिवडा र युवराज फुयाल तथा मेकानिकल इन्जिनियर मोहन यादव तथा विभिन्न ट्राफिक प्रहरी कार्यालयमा कार्यरत अनिल पौडेल, कमलबहादुर गुरुङ र दुर्गा कुमारी पहाडीलाई सम्मान गरिएको थियो ।

अधिवेशनले आज नयाँ कार्यसमितिको चयन समेत गर्नेछ । २०७२ सालमा स्थापना भए तापनि नेपाल रिकन्डिसन अटो व्यवसायी संघले विविध कारणले हाल प्रथम अधिवेशन गर्न लागेको हो ।

सम्बन्धित समाचारहरू

यस्ता छन् कारमा हुने हेडलाइटका प्रकार

यस्ता छन् कारमा हुने हेडलाइटका प्रकार

रातको समयमा ड्राइभिङ गर्दा सबैभन्दा महत्वपूर्ण चिजहरू मध्ये एक हो हेडलाइट...

सवारी साधनमा हुने एचपी, बीएचपी, पीएस र टर्कको अर्थ के हो ?

सवारी साधनमा हुने एचपी, बीएचपी, पीएस र टर्कको अर्थ के हो ?

सामान्यतया कारमा हुने एचपी, बीएचपी र पीएस भनेको के हो ? वास्तवमा बैज्ञानिक...

विन्टर मेगा एक्सचेन्ज क्याम्प : ग्लोब्याट, एमटेक पावर र डेल्टा ब्याट्रीमा ५५ प्रतिशत छुट

विन्टर मेगा एक्सचेन्ज क्याम्प : ग्लोब्याट, एमटेक पावर र डेल्टा ब्याट्रीमा ५५ प्रतिशत छुट

काठमाडौं – बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...