नाडा कार्यसमितिमा रेकर्ड : मोफसलबाट नेतृत्व, पहिलो महिला सदस्य र धेरै मत

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नब निर्वाचित कर्यसमितिमा दुई नयाँ रेकर्ड कायम भएको छ । नेतृत्वमा पहिलोपटक मोफसलबाट ध्रुव थापा अध्यक्षको रुपमा विजयी भएका छन् भने कार्यसमिति सदस्यमा यमुना श्रेष्ठले पहिलो महिला सदस्यका रुपमा जित हासिल गरेकी छिन् ।

यसअघिको १९ वटा कार्यसमितिमा कुनै पनि नेतृत्व मोफसलबाट भएको थिएन । त्यसैगरी कार्यसमितिमा समेत कुनैपनि महिला सदस्यबाट उम्मेदवारी परेको थिएन । तर यसपाली पहिलोपटक उम्मेदवारी दिएकी यमुना श्रेष्ठले ध्रुव थापा प्यानलबाट चुनाव जितर नयाँ रेकर्ड कायम गरिन् ।

हिमालय अर्गनाइजेसनका संस्थापक थापा पोखराबाट उदाएका व्यवसायी हुन् । उनको यो अर्गनाइजेसनले फोर्स गाडीको आयात गर्नुको साथै पोखरामा फोर्ड गाडीको डिलर समेत सञ्चालन गर्दै आइरहेको छ । उनी सम्बद्ध केही कम्पनीले स्पेयर पार्ट्स, रिकिन्डसन र इलेक्ट्रिक भेइकल समेत आयात गर्छ । नाडामा दुई कार्यकाल उपाध्यक्ष भइसकेका उनी पोखरामा रहेको अटोमोबाइल संघ पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष समेत हुन् ।

नाडाको इतिहासमै पहिलोपटक महिला सदस्यमा विजय हासिल गर्न सफल यमुना श्रेष्ठ प्रबन्ध निर्देशक रहेको साइमेक्स इंक प्रालिले नेपालमा चिनियाँ ब्रान्डको बिवाईडी ब्रान्डलाई आयात गरी कारोबार गर्दै आइरहेको छ ।

निकै नै प्रतिस्पर्धात्मक बनेको नेतृत्व चयनमा यामाहा मोटरसाइकलको आधिकारिक वितरक रिशिक अटोमोबाइल्सका प्रबन्ध निर्देशक मिलनबाबु मल्लले सर्बाधिक बढी मत पाएर बिजयी भए । उनले १४६५ मत पाएका हुन् । त्यसैगरी आइएमई मोटर्सका निशान ढकालले १ मत नपुगेका कारण पराजित हुनुप¥यो । जितका लागि कुल १३३४ मत पाउनुपर्नेमा उनले जम्मा १ मत कम अर्थात १३३३ मत पाएका थिए । नाडाको यो निर्वाचनमा सबैभन्दा कम मत पाएर पंकज अग्रवाल विजयी भए । उनले कुल १३३४ मत पाएका थिए ।

नाडाको यो नयाँ कार्यसमितिमा अध्यक्षका अर्का उम्मेदवार करण चौधरी प्यानलबाट १२ जना र थापा प्यानलबाट अध्यक्ष सहित ६ जना निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचारहरू

अटो बजार चलायमान बनाउन पनि नाडा अटो शो आवश्यक : अध्यक्ष थापा

अटो बजार चलायमान बनाउन पनि नाडा अटो शो आवश्यक : अध्यक्ष थापा

काठमाडौँ – तीन वर्षपछि आयोजना हुन लागेको नाडा अट‍ो शो विगतको भन्दा फरक...

फागुन ९ देखि हुने भनिएको अटो शो रद्द, अब पहिलेकै समयमा हुने

फागुन ९ देखि हुने भनिएको अटो शो रद्द, अब पहिलेकै समयमा हुने

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी फागुन ९ देखि आयोजना...

नाडा अध्यक्ष दुलाल भन्छन् – साधारण सभा समयमै हुन्छ, संस्थापन पक्ष कसैको पक्ष र विपक्षमा लाग्दैन

नाडा अध्यक्ष दुलाल भन्छन् – साधारण सभा समयमै हुन्छ, संस्थापन पक्ष कसैको पक्ष र विपक्षमा लाग्दैन

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...