चारपांग्रे सवारी एसेम्बल उद्योग सम्बन्धी उद्योगमन्त्रीलाई नाडाले दियो ११ बुँदे सुझाव
काठमाडौं – नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले...
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा सिप्रदी ट्रेडिङ र ज्योति ग्रुपबाट मात्रै ३/३ पटक नेतृत्व भैसकेको छ । देशकै सबैभन्दा ठूलो अटोमोबाइल आयातकर्ता कम्पनीबाट नाडामा यति धेरै नेतृत्व भएको हो । सिप्रदीका संस्थापक स्व. दिवाकर बिक्रम राणाले सबैभन्दा लामो समय ५ वर्षसम्म नाडाको नेतृत्व गरेका थिए । उनले २०४१ देखि २०४६ सम्म नाडाको पाचौँ अध्यक्षका रुपमा नेतृत्व गरेका हुन् ।
त्यसैगरी स्व. सौर्य राणाले २०६५ देखि २०६७ सम्म यो संस्थाको नेतृत्व गरे । नाडामा उनले १४औं अध्यक्षका रुपमा नेतृत्व गरेका हुन् । सिप्रदीबाट पुनः नेतृत्वमा पुग्ने अवसर निवर्तमान अध्यक्ष शम्भु प्रसाद दाहालले पाए । उनले १८औं अध्यक्षका रुपमा २०७६ देखि २०७८ सम्म नाडाको नेतृत्व गरेका हुन् ।
देशको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी सिप्रदी मातहात धेरै सदस्य भएका कारण यसअघिको नेतृत्व चयनमा यो कम्पनीलाई निर्णायक मानिदै आएको थियो । तर यसपटक ३ गुणा बढीले सदस्य वृद्धि भएका कारण यसअघि भनिदै आएको निर्णायक शक्तिको ताज भने सिप्रदीबाट गुमेको छ ।
नयाँ नेतृत्व चयन हुँदै गर्दा हाल यो कम्पनीबाट सीईओ राजनबाबु श्रेष्ठले करण चौधरी प्यानलबाट उम्मेदवारी दिएका छन् । यो प्यानलले जित हासिल गरेको खण्डमा श्रेष्ठलाई चौधरीपछिको अध्यक्षका रुपमा समेत हेर्ने गरेको पाइन्छ । त्यसैले उनलाई चौधरी प्यानलबाट उम्मेदवारी दिने शक्तिशाली सदस्यका रुपमा हेरिएको छ ।
त्यसैगरी ज्योति ग्रुपबाट समेत नाडामा तीन पटक नेतृत्व भइसकेको छ । डा. रुप ज्योतिले २०३७ देखि २०४१ सम्म नेतृत्व गरे भने पद्य ज्योति २०४९ देखि २०५३ सम्म अध्यक्ष भए । १५औं अध्यक्षका रुपमा सौरभ ज्योतिले २०६७ देखि २०७० सम्म नाडाको नेतृत्व गरे ।
हाल करण चौधरीको प्यानलबाट सदस्यको रुपमा ज्योति ग्रुपका निर्देशक अभिक ज्योतिले समेत उम्मेदवारी दिएका छन् । यसका आधारमा उनलाई पनि भविष्यमा नाडाको नेतृत्वका लागि सम्भावित दावेदार मान्न सकिन्छ ।
काठमाडौं – नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले...
सरकारले खासगरी विदेशी मुद्रा सञ्चितिमा दवाव परेको कारण देखाउदै २०७९ बैशाख...
पाेखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...