डेटलाइन असोज २८ : आयात प्रतिबन्ध खुल्ला ?

सरकारले खासगरी विदेशी मुद्रा सञ्चितिमा दवाव परेको कारण देखाउदै २०७९ बैशाख १४ गते देखि जिप, कार र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा प्रतिवन्ध लगाउदै आएको छ । त्यस प्रतिवन्धलाई क्रमशः विस्तार गर्दे २०७९ को असोज २८ गतेसम्म पु¥याएको छ । तर हाल विदेशी मुद्रा सञ्चिति लगायत धेरै आर्थिक सुचकाङ्कहरु सकारात्मक अवस्थामा पुगेका छन् ।

देशलाई भन्सार विन्दुमा उठने परल मूल्य भन्दा दोब्बर राजस्व बुझाउदै देशको कुल कर राजस्वमा झण्डै २५ प्रतिशत योगदान पु¥याउने नेपालको अटोमोबाइल क्षेत्र हो । अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाले खर्बौको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेको अटोमोबाइल व्यवसाय आज सरकारको उक्त अदुरदर्शी नीतिका कारण धरासायी हुने अवस्थामा पुगेको बताएको छ ।

नाडा अध्यक्ष ध्रुव थापाले अब प्रतिबन्ध खुल्नु पर्ने र यसमा सबैको सहयोग हुनुपर्ने बताएका छन् । नेपालको कूल आयातमा निजी प्रयोजनका कार, जिप र भ्यान जस्ता सवारी साधनहरुको आयात १ प्रतिशत (१७ अरब मात्र) भन्दा कम रहेको प्राप्त तथ्याङ्कहरुबाटै स्पष्ट हुन्छ । तर यो क्षेत्रबाट सरकारलाई झण्डै ३९ अरव योगदान रहेको छ । नेपालमा पैठारी हुने हजारौ बस्तुहरु मध्ये कार, जिप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो बस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजस्व योगदान पु-याउने गर्दछ ।

यस तथ्यले नेपालको बढदो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट हुन्छ । यसै यथार्थताहरुलाई मनन गर्दे कार, जिप र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउनका लागि नाडाले सरकार र सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

बजारमा रोजाईका सवारी साधन नभएकै कारण इतिहासमै पहिलो पटक चाडपर्व खल्लो बनेको छ । सामान्य अवस्थामा करिव ४० प्रतिशत सवारी साधनको कारोबार चाडपर्वकै मौसममा हुने भए पनि यस पटक भने त्यसो भएन । नाडाले सधै गर्दै आएको नाडा अटो शो यस पटक गरेन । नाडा ईभी एक्सपो आयोजना गरे पनि यसबाट अपेक्षाकृत व्यवसाय चलायमान हुन सकेन ।

दसैं सकिएर अब तिहारको प्रतीक्षा भइरहेको तथा असोज २८ नजिकिदै गर्दा आयात प्रतिबन्ध खुल्ने र सवारी साधनको कारोबार पनि सहज हुने अपेक्षा व्यवसायीहरुले गरेका छन् ।

सम्बन्धित समाचारहरू

नाडाले सार्वजनिक ग-यो बजेट वारेमा धारणा : अधिकांश असन्तुष्टि, थोरै सन्तुष्टि

नाडाले सार्वजनिक ग-यो बजेट वारेमा धारणा : अधिकांश असन्तुष्टि, थोरै सन्तुष्टि

धेरै समय अघि देखि विद्युतीय सवारी साधनहरुमा लाग्ने महशुल दरहरुमा विभिन्न...

नाडा र चीनको सीसीपीआईटी–अटो बिच ऐतिहासिक साझेदारी पत्रमा हस्ताक्षर, अटो क्षेत्रमा सहकार्य गरिने

नाडा र चीनको सीसीपीआईटी–अटो बिच ऐतिहासिक साझेदारी पत्रमा हस्ताक्षर, अटो क्षेत्रमा सहकार्य गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको सन्दर्भमा दुई देशका व्यापारिक...

अर्थमन्त्रीसँग नाडा प्रतिनिधि मण्डलको छलफल, समस्या समाधान गर्न आग्रह

अर्थमन्त्रीसँग नाडा प्रतिनिधि मण्डलको छलफल, समस्या समाधान गर्न आग्रह

काठमाडौं– अटोमोबाइल व्यवसायीले नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...