भृकुटीमण्डमा सकियो टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेला, युनिराइडले बेच्यो धेरै बाइक र स्कुटर
काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा गत असोज १ देखि प्रारम्भ भएको टीभीएस...
काठमाडौं – सातै प्रदेशमा ‘टीभीएस रेडर सप्तरङ–३’ हुने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोडकास्टिङले ‘टीभीएस रेडर सप्तरङ–३’ हुने जानकारी गराएको थियो ।
गृष्मा ब्रोडकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रष्ट्याउनु नै ‘सप्तरङ’ को मूल आशय भएको बताइएको छ । कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिर देखि काकडभिट्टाबाट सुरु हुने ‘सप्तरङ–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ ।
काकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ । ‘सप्तरङ–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह तथा हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी एवं मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी हुने भएका छन ्।
दोश्रो संस्करणको सफल आबद्धता पश्चात यो पटक फेरि टीभीएस मुख्य प्रायोजकको रुपमा आबद्ध भएको बताएको छ । यो पटक टीभीएसले आफ्नो नयाँ बाइक टीभीएस रेडर साथ लिएर प्रचार अगाडि बढाउने बताएको छ ।
केहि साता अगाडि मात्र नेपाली बजारमा लन्च गरिएको टीभीएस रेडरलाई यसको स्पोर्टी लुक्स, पावर र पिकअपले गर्दा ग्राहकहरुको मन जित्न सफल भएको छ र सातै प्रदेशमा सप्तरङसँग आबद्ध भई टीभीएस रेडर पनि सातै प्रदेशमा भब्य लन्च गरिने टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनाएको छ ।
काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा गत असोज १ देखि प्रारम्भ भएको टीभीएस...
सन् २०२३ मा भारतीय बजारमा धेरै कम्पनीले नयाँ मोडल ल्याएका छन् । केही...
सरकारले प्रतिस्थापन आर्थिक बिधेयकमार्फत एकातर्फ मोटरसाइकल आयात गर्दा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...