यस्तो छ थापा प्यानलबाट उम्मेदवारी दिने व्यवसायीको सवारी साधन कारोबारमा संलग्नता

नाडामा नयाँ नेतृत्वको लागि २ दिनपछि चुनाब हुँदै छ । मंसिर २३ गते हुने चुनावमा यसपाली ध्रुवबहादुर थापा प्यानलबाट सवारीसाधनको कारोबारमा संलग्न ८ जना सदस्यले उम्मेदवारी दिएका छन् ।

अटोमोबाइल उत्पादनको कारोबार गर्ने ५ वटा कम्पनी संलग्न हिमालय अर्गनाइजेसनका संस्थापक थापा फोर्स गाडीको आधिकारिक बितरक आयाम इन्टरकिन्टनेन्टलका अध्यक्ष समेत छन् । उनको यो प्यानलमा गोल्छा अर्गनाइजेसनका निर्देशक आकाश गोल्छा, लक्ष्मी ग्रुपका निर्देशक निराकार श्रेष्ठ, जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक कुमार अग्रवाल, पद्मश्री ग्रुपका निर्देशक शुभासिस थपलिया, साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, लक्ष्मी ग्रुप अन्तर्गतकै एसएमएल इसुजु र टायर, ब्याट्री एबं लुब्रिकेन्ट डिभिजनका सेल्स एन्ड अप्रेसन निर्देशक कपिल शिवाकोटी, परिना इन्टरनेसनलका कार्यकारी निर्देशक दीपक आचार्य र टु ह्विलर रिकिन्डसन ब्यावसायी संघका अध्यक्ष बिएन पाठकले उम्मेदवारी दिएका छन् ।

नाडामा उपाध्यक्ष समेत रहेका आकाश गोल्छा संलग्न कम्पनीहरुले फोर्ड, प्युजो, सिट्रोन र हुन्डाई हेभी इक्विपमेन्टको आयात गरी कारोबार गर्दै आइरहे पनि उनी भने फोर्ड गाडीको नेपालका लागि आधिकारिक बितरक जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशकका रुपमा बढी परिचित छन् ।

निराकार श्रेष्ठ संलग्न लक्ष्मी ग्रुपले नेपालमा हुन्डाई र बीएमडब्लु गाडीको साथै एसएमएल इसुजुको समेत आयात गर्दै आइरहेको छ । यो ग्रुपले टोटल लुब्रिकेन्ट्स, टाटा ग्रिन ब्याट्री र टायर समेत आयात गर्छ ।

त्यसैगरी दीपक अग्रवाल संलग्न जगदम्बा मोटर्स र सम्बद्ध कम्पनीहरुले टीभीएस मोटरसाइकल, प्रोटोन गाडी र एडनक लुब्रिकेन्ट्स आयात गरी कारोबार गर्दै आइरहेको छ । सो प्यानलबाट उम्मेदवारी दिने अर्को व्यवसायी शुभासिस थपलिया यसअघि नाडामा अध्यक्ष भैसकेका रोहिणी थपलियाका छोरा हुन् । यसअघि माज्दा गाडीको कारोबार गर्दै आइरहेको उनको पद्मश्री ग्रुपले अटोमोबाइल र एभिएसनसँग सम्वन्धित व्यवसाय गर्दै आइरहेको छ ।

नाडाको इतिहासमै पहिलोपटक महिला प्रतिनिधिका रुपमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठ संलग्न कम्पनी साइमेक्स इंकले नेपालमा चिनियाँ ब्रान्डको बहुचर्चित इलेक्ट्रिक कार बिवाइडी आयात गर्दै आएको छ । दीपक आचार्यद्वारा सञ्चालित परिना इन्टरनेसनलले भेनस इक्विपमेन्टको कारोबार गर्छ । त्यसैगरी अर्का उम्मेदवार बिएन पाठकले टु ह्विलर रिकिन्डसन संबद्ध ब्यावसायीहरुको संगठन नेपाल अटोमोबाइल रिकिन्डसन एसोसिएसनबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका हुन् । उनको चावहिलमा बिएन रिकन्डिसन हाउस समेत संचालनमा छ ।

ध्रुव थापाको यो प्यानलमार्फत उम्मेदवारी दिएका यी सवारी साधनको कारोबारमा संलग्न व्यवसायी वाहेक स्पेयर पार्ट्स तथा कम्पोनेन्टको कारोबार गरिरहेका दिपेन्द्र कुमार मिश्रा, सगुन बिर सिं कंशाकार, रिद्धि कार्की, प्रकाश सिग्देल, नारायण प्रसाद पौडेल, नवराज भुसाल, सञ्जय कुमार खेतान, अमरज्योति रञ्जित र प्रदिपमान प्रधान समेत संलग्न छन् ।

सम्बन्धित समाचारहरू

सवारी साधनको बिक्रीमा सुधारका सङ्केतहरु देखापर्न थालेका छन् : अध्यक्ष थापाको अन्तर्वार्ता

सवारी साधनको बिक्रीमा सुधारका सङ्केतहरु देखापर्न थालेका छन् : अध्यक्ष थापाको अन्तर्वार्ता

कोभिड महामारी र आयत प्रतिवन्धका कारण विगत ३ वर्षसम्म हुन नसकेको नाडा अटो शो...

नाडा अटो शो २०२५ : पिकअप, ईभी भ्यान र युनिट्री ह्युमनोइड रोबोट अनुभव गराउँदै फोटोन

नाडा अटो शो २०२५ : पिकअप, ईभी भ्यान र युनिट्री ह्युमनोइड रोबोट अनुभव गराउँदै फोटोन

काठमाडौं – फोटोनले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो दमदार उपस्थिति...

नाडामा ७० प्रतिशत मतदाता स्पेयर पार्ट्स तथा कम्पोनेन्टबाट, दुवै पक्षमा ५० प्रतिशत उम्मेदवार

नाडामा ७० प्रतिशत मतदाता स्पेयर पार्ट्स तथा कम्पोनेन्टबाट, दुवै पक्षमा ५० प्रतिशत उम्मेदवार

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा नयाँ नेतृत्वका लागि यही मंसिर २३ गते...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...