चौधरी प्यानलबाट उम्मेदवारी दिएका व्यवसायीको यस्तो छ सवारी साधन कारोबारमा संलग्नता

नाडामा नयाँ नेतृत्वको लागि २ दिनपछि चुनाब हुँदै छ । मंसिर २३ गते हुने चुनावमा यसपाली सवारीसाधनको कारोबारमा संलग्न ९ जना सदस्यले करण चौधरी प्यानलबाट उम्मेदवारी दिएका छन् ।

सुजुकी गाडीको आधिकारिक बितरक सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीको यो प्यानलमा सिप्रदी कम्पनिजका सीईओ राजनबाबु श्रेष्ठ, ज्योति ग्रुपका निर्देशक अभिक ज्योति, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप कुमार बराल, रिशिक अटोमोबाइल्सका प्रबन्ध निर्देशक मिलन बाबु मल्ल, अग्नि इन्कर्पोरेटेडका निर्देशक बरदान बस्नेत, आइएमई मोटर्सका निर्देशक निशान्त ढकाल, सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराई र कपुरी ब्रदर्सका प्रबन्ध निर्देशक प्रकाश कपुरीले उम्मेदवारी दिएका हुन् ।

नाडामा अघिल्लो कार्यकालदेखि कार्यसमिति सदस्य रहेका राजनबावु श्रेष्ठ संलग्न सिप्रदी कम्पनिजले नेपालमा टाटा ब्रान्डका कर्मसियल एवं प्यासेन्जर कार, एक्साइड ब्याट्री, म्याक लुब्रिकेन्ट्स, मिसेलिन टायर र पुराना गाडीको खरिदबिक्री तथा सट्टापट्टासम्मको व्यवसाय गर्दै आइरहेको छ । सिप्रदी नेपालको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनीका रुपमा समेत परिचित छ ।

अभिक ज्योति संलग्न ज्योति ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङ प्रालिले नेपालमा हिरो ब्रान्डको मोटरसाइकल आयात गरी कारोबार गर्दै आइरहेको छ । त्यसैगरी अनुप कुमार बरालले ललितपुरको बालकुमारीमा सुजुकी गाडी र टीभीएस मोटरसाइकलको शोरुम चलाउँदै आएका छन् भने अर्का व्यवसायी मिलन बाबु मल्ल यामाहा मोटरसाइकल र जेसिबी इक्विपमेन्टको बिक्रेता हुन् । उनले उपत्यकामा मात्र यामाहाको ३ वटा शोरुम चलाउँछन् ।

बरदान बस्नेत संलग्न अग्नि ग्रुपले महिन्द्रा प्यासेन्जर कार तथा पिकअप, महिन्द्रा ट्याक्टर र पुराना गाडीहरुको समेत खरिदबिक्री र सट्टापट्टा गर्दै आइरहेको छ । प्रकाश कपुरीले काठमाडौं र बिर्तामोडमा होन्डा मोटरसाइकलको शोरुम चालउँदै आएका छन् भने यो प्यानलमा सबैभन्दा कम उमेरका निशान्त ढकाल आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन् । उनी संलग्न आइएमई मोटर्सले अशोक लेल्यान्ड ब्रान्डका कमर्सियल भेइकल र एस्कर्ट ब्रान्डको हेभी इक्विपमेन्ट आयात गरी कारोबार गर्दै आइरहेको छ भने गोपाल भट्टराईले चितवनमा टाटा गाडीको शोरुमको साथै एक्साइड ब्याट्री र स्पेयर पार्ट्स पसल तथा वर्कशप समेत चलाउँदै आएका छन् ।

चौधरीको प्यानलमा कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिएका सुनिल रिजाल, सुरेन्द्र कुमार उप्रेती, बिक्रम सिंघानिया, पंकज अग्रवाल, निलमणी पाठक, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारी विभिन्न ब्रान्डका स्पेयर पार्ट्स, टायर, ब्याट्री र लुब्रिकेन्ट्स व्यवसायमा आबद्ध छन् ।

सम्बन्धित समाचारहरू

नेपालमै गाडी उत्पादन गर्न सरोकारवालाको सुझाव, अन्य विभिन्न कानुनी अड्चन हटाउने प्रतिबद्धता

नेपालमै गाडी उत्पादन गर्न सरोकारवालाको सुझाव, अन्य विभिन्न कानुनी अड्चन हटाउने प्रतिबद्धता

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर...

अटोमोबाइल क्षेत्र धराशायी हुँदा व्यवसायी पलायन हुने अवस्था आएको नाडा अध्यक्ष चौधरीको भनाइ

अटोमोबाइल क्षेत्र धराशायी हुँदा व्यवसायी पलायन हुने अवस्था आएको नाडा अध्यक्ष चौधरीको भनाइ

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो...

अटो शो, ईभी र अपेक्षा

अटो शो, ईभी र अपेक्षा

सवारीसाधनको कुम्भ मेला मानिने “नाडा अटो शो–२०२४“ आजबाट सुरु भएको छ । नाडा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...