नाडामा ७० प्रतिशत मतदाता स्पेयर पार्ट्स तथा कम्पोनेन्टबाट, दुवै पक्षमा ५० प्रतिशत उम्मेदवार

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा नयाँ नेतृत्वका लागि यही मंसिर २३ गते मतदान हुँदैछ । यसपाली देशभरका ३ हजार १ सय सदस्यले मतदानमा सहभागिता जनाउने भएका छन् ।

उम्मेदवारी मनोनयनको अन्तिम दिन हिजो करण चौधरी र ध्रुव थापाको प्यानल बाहेक अन्य सदस्य तथा पदाधिकारीले नयाँ कार्यसमितिमा उम्मेदवारी नदिएका कारण यसपाली नाडाको नेतृत्व र कार्यसमिति यी दुई प्यानलबाटै निर्धारण हुने भएको छ । नाडामा अध्यक्ष सहित १८ जनाको कार्यसमिति अधिवेशनबाट चयन हुने व्यवस्था गरिएको छ ।

नाडालाई प्रदेश स्तरमा समेत विस्तार गरिएका कारण यसपाली अघिल्ला अधिवेशनको तुलनामा झन्डै ४ गुना हाराहारी सदस्य थप भएका छन् । जसमध्ये ७० प्रतिशत भन्दा बढी स्पेयर पार्ट्स तथा कम्पोनेन्टबाट प्रतिनिधित्व भएको छ भने बाँकी ३० प्रतिशत सवारीसाधन आयातकर्ता र बिक्रेताको छ । प्रतिनिधिको ठूलो हिस्सा स्पेयर पार्ट्स तथा कम्पोनेन्टबाट भएका कारण पनि यसपालीको नेतृत्व तथा कार्यसमितिमा यसैले जित हात पार्छ भनेर अनुमान लगाउन कठिन देखिएको छ ।

स्पेयर पार्ट्स तथा कम्पोनेन्टबाट ठूलो संख्यामा सदस्य थप भएपछि नेतृत्चका दाबेदार करण चौधरी र ध्रुव थापाले आ–आफ्नो प्यानलमा यो क्षेत्र सम्बद्ध व्यवसायीलाई प्राथमिकताका साथ समेटेका छन् । उनीहरु दुबै जनाले आ–आफ्नो प्यानलमा ५० प्रतिशत उम्मेदवार यो क्षेत्रबाट समेटेका हुन् ।

चौधरीको प्यानलमा कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिएका सुनिल रिजाल, सुरेन्द्र कुमार उप्रेती, बिक्रम सिंघानिया, पंकज अग्रवाल, निलमणी पाठक, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारी विभिन्न ब्रान्डका स्पेयर पार्ट्स, टायर, ब्याट्री र लुब्रिकेन्ट्स व्यवसायमा आबद्ध छन् । जसमध्ये रिजाल, उप्रेती र सिंघानिया हालको कार्यसमितिमा पदाधिकारी तथा पंकज अग्रवाल र निलमणी पाठक कार्यसमिति सदस्य समेत छन् । उनको यो प्यानलमा ९ जनाले यो क्षेत्रबाट उम्मेदवारी दिएका हुन् ।

त्यसैगरी थापाको प्यानलबाट उम्मेदवारी दिएका दिपेन्द्र कुमार मिश्रा, सगुन बिर सिं कंशाकार, रिद्धि कार्की, प्रकाश सिग्देल, नारायण प्रसाद पौडेल, नवराज भुसाल, सञ्जय कुमार खेतान, अमरज्योति रञ्जित र प्रदिपमान प्रधान यो क्षेत्र सम्वद्ध व्यवसायमा संलग्न रहँदै आएका छन् । जसमध्ये प्रदिपमान प्रधानले नेपाली बजारमा एटिएस एल्गि ब्रान्डको ग्यारेज उपकरण आयात गरी कारोबार गर्दै आइरहेका छन् । यो प्यानलमा सामेल यी ९ व्यवसायी मध्ये कोही पनि हालको कार्यसमितिमा पदाधिकारी तथा कार्यसमिति सदस्य छैनन् । जसका कारण उनको यो प्यानलमा यो क्षेत्रबाट नयाँ व्यवसायीले बढी प्राथमिकता पाएको देखिन्छ ।

सम्बन्धित समाचारहरू

सवारी साधनको भन्सार जाँचपास र रिएक्सपोर्ट बारेमा अर्थमन्त्रीसँग नाडाको छलफल

सवारी साधनको भन्सार जाँचपास र रिएक्सपोर्ट बारेमा अर्थमन्त्रीसँग नाडाको छलफल

नाडाका अध्यक्ष डा. ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले...

पुस २० र २१ गते काठमाडौंमा नाडाको साधरण सभा, नयाँ नेतृत्वका लागी निर्बाचन हुने

पुस २० र २१ गते काठमाडौंमा नाडाको साधरण सभा, नयाँ नेतृत्वका लागी निर्बाचन हुने

काठमाडौं– नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४७ औं वार्षिक साधारण सभा...

मुख्यमन्त्री बानिया र नाडाको नयाँ कार्य समिति बिच  छलफल, आपसी सहकार्यमा जोड

मुख्यमन्त्री बानिया र नाडाको नयाँ कार्य समिति बिच छलफल, आपसी सहकार्यमा जोड

काठमाडौं – नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...