यस्तो छ ५ भिन्न भेरियन्टमा उपलब्ध टिभिएस १६० ४भी को मूल्य, पावर र फिचर्स

टिभिएसको अपाचे सिरिज बिशेषगरी युवा राइडरले बढी मात्रामा रुचाएको बाइक हो । स्पोर्टी लुक्स, उच्चतम पावर तथा पर्फमेन्स र बलियो तथा मबजुत बनावटका कारण अपाचे सिरिज राइडरमाझ लोकप्रिय बनिरहेको छ । यो सिरजमा सबैभन्दा बढी बिक्रि हुने १६० मोडल हाल ४भी भर्सनमा समेत उपलब्ध छ ।

केही समयअघिमात्र नेपाल भित्रिएको यो मोडल ५ भिन्न भेरियन्टमा उपलब्ध रहँदै आएको छ । रिफ्रेस आरडी, रिफ्रेस विथ एबिएस, एफडी, रिफ्रेस एफडी र आरडी गरी कुल ५ भेरियन्टमा उपलब्ध यसको मूल्य, पावर तथा पर्फमेन्स र उपलब्ध फिचर्स समेत भेरियन्ट पिच्छे फरक देख्न सकिन्छ ।

यी सबै भेरियन्टमा १५९.७ सिसी क्षमताको ४ स्ट्रोक आयल कुल्ड इन्जिन जडान गरिएको छ भने सबै मोडललाई अधिकतम ११४ किलोमिटर प्रतिघन्टाको गतिमा हाक्न सकिन्छ । यी ५ भेरियन्ट मध्ये रिफ्रेस आरडी, रिफ्रेस विथ एबिएस र रिफ्रेस एफडीमा स्मार्ट एक्स कनेक्ट टेक्नोलोजी उपलब्ध गराइएको छ भने बाँकी २ भेरियन्ट एफडी र आरडीमा यो फिचर्स दिइएको छैन ।

३ वटै रिफ्रेस भेरियन्टमा समान क्षमताको पावर तथा टर्क उपलब्ध गराइएको छ । । यी बाइकको अधिकतम पावर १२.९७ किलोवाट र टर्क १४.७३ एनएम रहेको छ । मूल्य भने एबिएसको सबैभन्दा बढी निर्धारण गरिएको छ । रिफ्रेस विथ एबिएसको ३ लाख २४ हजार ९ सय, रिफ्रेस आरडीको ३ लाख ८ हजार ९ सय र रिफ्रेस एफडीको २ लाख ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी एफडी भेरियन्टको अधिकतम पावर २०.२३ बिएचपी र टर्क १४.१२ एनएम रहेको छ भने यसकै आरडी भेरियन्टको पावर १२.१४ बिएचपी र टर्क १४.८ एनएम रहेको छ । यी बाइकको मुल्य क्रमश २ लाख ७२ हजार ९ सय र २ लाख ९० हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...