सिभिल मलमा सपिङ्ग गर्दा सुजन लामिछानेले जिते टिभिएस अपाचे आरटिआर बाइक

काठमाडौं - सिभिल मलले दशै तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर घोषणा गरेको कार्यक्रम अन्तर्गतको बम्पर उपहार काठमाडौ बानेश्वरका सुजन लामिछानेले प्राप्त गर्न सफल भएका छन् ।

बम्पर अन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २भी बाइक बिजेता लामिछानेलाई सिभिल मलका महाप्रबन्धक विश्व प्रकाश मास्केले बाइकको साँचो हस्तान्तरण गरेका छन् ।

त्यस्तै बम्पर अन्तर्गत एलजी टिभी रिता थापा र सिजि रेफ्रीजेरेटर अस्लम खानले प्राप्त गरेको सिभिल मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए।

मलले दशैं, तिहार र छठको अवधिमा सिभिल मलबाट एक हजार रुपैयाँ वा सोभन्दा बढी रकमको किनमेल गर्ने उपभोक्तालाई लक्षित गरेर उपहार कार्यक्रम घोषणा गरेको थियो । लोकप्रिय नेपाली इ कमर्स ग्यापु मार्केटप्लेस र नेपालको पहोलो ओटिटि प्लाटफर्म एक्सलट्रीप, कल्चर रिसोर्ट पोखराले पनि विभिन्न बिजेतालाई सपिङ भौचर र ट्राभल कुपन प्रदान गरेको ठकुरीले बताए ।

सिभिल मल व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मल सञ्चालनमा ल्याएको बताइएको छ । ग्राहक र स्टोर प्रबन्धकहरूलाई मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ। मल प्रवेश अगावै सेनिटाइजर लगाएर भित्र प्रवेश गराइ रहेको मलले जनाएको छ। 
त्यस्तै हरेक दिन खुल्नुअघि मल क्षेत्रलाई निर्मलीकरण समेत गर्दै आएको छ। सामाजिक दूरी कायम गर्न/गराउन विभिन्न ठाउँमा संकेत र मलको विभिन्न स्थानहरूमा सेनिटाइजर समेत राखिएको छ।

सम्बन्धित समाचारहरू

भृकुटीमण्डपमा टीभिएसको एक्सचेन्ज मेला, यस्ता छन् छुट र सुविधा

भृकुटीमण्डपमा टीभिएसको एक्सचेन्ज मेला, यस्ता छन् छुट र सुविधा

काठमाडौं– टीभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

प्रोटोन एक्स७० भर्चुअल लन्चमार्फत बुधबार सार्वजनिक हुँदै

प्रोटोन एक्स७० भर्चुअल लन्चमार्फत बुधबार सार्वजनिक हुँदै

काठमाडौं – जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको...

फर्केर हेर्दा वर्ष २०८० : तीन ठूला ब्रान्डले थाले स्वदशमै बाइक एसेम्वलिङ

फर्केर हेर्दा वर्ष २०८० : तीन ठूला ब्रान्डले थाले स्वदशमै बाइक एसेम्वलिङ

वर्ष २०८० सकिएको छ र नयाँ वर्ष २०८१ को आगमन भएको छ । चरम आर्थिक मन्दिका कारण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...