बजाजका यी बाइक छन् एबीएस र नन एबीएसमा, मूल्यमा यति धेरै अन्तर

बजाज नेपाली बजारमा सर्बाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड हो । युवा बर्गलाई लक्षित गरी उत्पादन गरिएका कारण यसको पल्सर सिरिज निकै नै लोकप्रिय मानिन्छ । १२५ सीसी देखि २२० सीसी क्षमतासम्म उपलब्ध यो सिरिज अन्तर्गत सर्बाधिक सफल मोडलका रुपमा यसको १५०, २०० एनएस र २२० एफ लाई लिने गरिन्छ । पल्सरको १२५ र १६० एनएस भने खासै सफल भएका मोडलमा पर्दैनन् ।

पल्सर सिरिजमा १६० एनएस, २०० एनएस र २२० एफमा एबीएसको समेत बिकल्प दिइएको छ । एन्टि–लक ब्रेकिङ सिस्टम समेत भनिने यो फिचरका कारण अपरझट ब्रेक लगाउँदा समेत बाइक चिप्लिने र दुर्घटना हुने सम्भावना एकदमै न्यून रहन्छ । प्रायः उच्च सीसी क्षमताका बाइकमा उपलब्ध हुने यो फिचर्सलाई अहिले उत्पादक कम्पनीहरुले कम सीसी क्षमतामा समेत उपलब्ध गराउन थालेका छन् । यो फिचर्स थप हुँदा बाइकको मूल्य समेत भारी अन्तरले वृद्धि हुने देखिएको छ ।

नेपाली बजारमा उपलब्ध हुने एबीएस भएको पल्सर १६० एनएस र नभएको मोडलमा २० हजारको मूल्य अन्तर देखिएको छ । यसको एबीएस मोडलको मूल्य ३ लाख १९ हजार ९ सय र नन एबीएसको २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ । त्यसैगरी एनएस २०० मा एबीएस र नन एबीएस मोडलमा ३८ हजार रुपैयाँको अन्तर देखिएको छ । यसको एबीएस मोडलको मूल्य ३ लाख ६७ हजार ९ सय रुपैयाँ तोकिएको छ भने नन एबीएसको ३ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको हो । २०० एनएस एबीएसमा एफआई समेत उपलब्ध गराइएको बाइकको भने ३ लाख ९३ हजार ९ सय रुपैयाँ तोकिएको छ । जुन नन एबीएस मोडलको तुलनामा ६४ हजार रुपैयाँले बढी हो ।

पल्सरकै सबैभन्दा लोकप्रिय अर्को मोडल २२० एफमा पनि एबीएस र नन एबीएसमा ठूलो मूल्य अन्तर देखिएको छ । यसको एबीएस मोडलको मूल्य ३ लाख ६१ हजार ९ सय रुपैयाँ र नन एबीएस मोडलको ३ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो मोडलमा भने ३२ हजार रुपैयाँको अन्तर देखिएको छ ।

सम्बन्धित समाचारहरू

२५ वर्षमा बजाजका ८ लाख सन्तुष्ट ग्राहक, ३ लाख बढी पल्सरका ग्राहक

२५ वर्षमा बजाजका ८ लाख सन्तुष्ट ग्राहक, ३ लाख बढी पल्सरका ग्राहक

काठमाडौं – नेपाली बजारमा हाल सम्म ८ लाख भन्दा बढी बजाज मोटरसाइकल बिक्री...

बजाज पल्सर थप दुई मोडलमा आउन सक्ने

बजाज पल्सर थप दुई मोडलमा आउन सक्ने

बजाज अटोले पल्सर एलान र पल्सर एलेगान्जा २ नयाँ बाइकको नाम दर्ताका लागि...

वजाज मोटरसाइकल किन्दा ८ हजार नगद छुट र हरेक हप्ता एक जनालाई १ लाख उपहार

वजाज मोटरसाइकल किन्दा ८ हजार नगद छुट र हरेक हप्ता एक जनालाई १ लाख उपहार

काठमाडौं– वजाज मोटरसाइकलको कुनै पनि मोडल खरिद गर्दा ग्राहले अव ८ हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...