भारतमा पहिलो पटक हिरोलाई पछि पा-यो टीभीएसले, होन्डा पहिलो नम्बरमा
भारतीय अटोमोबाइल उद्योगमा गत फेब्रुअरी महिना निकै नै रोचक रहेको छ । भारतको...
नेपाली बजारमा शकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले युवा लक्ष्यित १२५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्सले सुसज्जित नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको छ । यो मोटरसाइकलका विभिन्न विशषता यस प्रकार छन् ।
स्टाइल
टीभीएस रेडरमा टीभीएस मोटर कम्पनीको नवप्रवर्तनात्मक डिजाइन, पृथक र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको छ । नयाँ मोटरसाइकलमा पृथक माचो पर्सनालिटी दिइएको छ र यसलाई अझ झल्काउनका लागि विशेष लोगोको प्रयोग गरिएको छ । यसमा रहेको बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दरिलो मस्कुलर लुक्स प्रदान गरेको छ । साथै यो दैनिक राइडका लागि स्पोर्टी, कम्प्याक्ट र फुर्तिलो पनि छ । टीभीएस रेडरमा सिग्नेचर डिजाइन तत्वका रुपमा समाहित विशिष्ट हेडल्याम्प र टेलल्याम्पले पृथकता प्रदान गर्नुका साथै पर्याप्त भिजिबिलिटी पनि प्रदान गर्छ । यसमा विशेष डिजाइन सहितको टेक्स्चर तथा फिनिस प्रयोग भएका तरुण रंगहरु बाइकको स्पोर्टी र इनर्जेटिक डिजाइनका अभिन्न पाटो हुन् ।
परफरमेन्स
टीभीएस रेडरमा १२४.८ सीसी एयर तथा आयलकुल्ड अत्याधुनिक थ्रीभी इन्जिनको प्रयोग गरिएको छ । यसले ६,५०० आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ । यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलोमिटर प्रति घण्टाको एक्सिलिरेसन मात्र ५.७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्छ । कम्पनीले यसमा ग्यास चार्ज्ड फाइभ स्टेप एड्जस्टेबल मोनोशक सस्पेन्सन, लो फ्रिक्सन फ्रन्ट सस्पेन्सन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ इनच फराकिलो अलोय ह्विलको प्रयोग गरिएको छ । यिनले गर्दा बाइक नियन्त्रणमा सहजता हुनुका साथै आरामदायी अनुभव पनि प्राप्त हुन्छ ।
आराम, सुरक्षा र सहजता
टीभीएस रेडरको विकास यात्रुको आरामदायिता र सहजतालाई विशेष ध्यानमा राखि गरिएको छ । टीभीएस मोटर्सको परफरमेन्स मोटरसाइकल डीएनएमा आधारित लामो ह्विलबेसमा लो सिट हाइट सन्तुलन, परफेक्ट एर्गोनोमिक्स त्रिकोण र मोनो शकले सटिक ह्याण्डलिंग र आरामदायी यात्रा अनुभव प्रदान गर्छ । अद्वितीय राइड अनुभव प्रदान गर्ने उद्देश्यका साथ यसमा श्रेणीमै पहिलो पटक सामान, हेल्मेट रिमाइन्डर र यूएसबी चार्जर लगायतका लागि अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ ।
प्रविधि
सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प र यो श्रेणीमै पहिलो पटक अन्डर सिट स्टोरेज सुविधा पनि उपलब्ध गराइएको छ ।
यसमा जडित अत्याधुनिक हाई टेक ग्याजेट, रिभर्स एलसीडी डिजिटल स्पिडोमिटरले सटिक र स्पष्ट जानकारी प्रस्तुत गर्छ । यसका स्विट्च क्लस्टर, फुटपेग्स लगायत मेकानिकल बिवरणहरु प्रयोगात्मक सहजता र सुविधालाई विशेष ध्यानमा राखि डिजाइन गरिएका छन् ।
मूल्य र कलर
टीभीएस रेडर स्ट्राइकिंग रेड, ब्लेजिंग ब्ल्यू, विकेड ब्ल्याक र फियरी यल्लो गरी चार आकर्षक रंगमा उपलब्ध गराइएको छ । यसको मूल्य २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
भारतीय अटोमोबाइल उद्योगमा गत फेब्रुअरी महिना निकै नै रोचक रहेको छ । भारतको...
गुजरातमा आयोजित २०२६ को रण उत्सवमा टीभीएस मोटर कम्पनीले आफ्नो उपस्थितिलाई...
टीभीएस मोटर कम्पनी बिक्रीका हिसाबले विश्वको तेस्रो ठूलो टु–ह्विलर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...