नेपाली बजारमा टीभीएस रेडरको खुल्यो औपचारिक बुकिङ, मूल्य २ लाख ४८ हजार

काठमाडौं – नेपाली बजारमा टीभीएस रेडर १२५ मोटरसाइकलको बुकिङ औपचारिक रुपमा खुलेको छ । केही दिन पहिले देखि नै सोरुमहरुले बुकिङ लिन थालेको भए तापनि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले भने आज भर्चुअल माध्यमबाट यसको औपचारिक जानकारी प्रदान गरेको छ ।

दसैंको समयमै नेपाली बजारमा उपलब्ध गराउने चर्चा चले पनि हालै मात्र यो मोटरसाइकल नेपाली बजारमा उपलब्ध भएको छ । यद्यपि भारतीय बजारमा बिक्री हुने भन्दा केही फरक फिचर सहित यो नेपाली बजारमा उपलब्ध भएको छ ।

भारतीय बजारमा एफआई इन्जिनयुक्त टीभीएस रेडर १२५ उपलब्ध भइरहेकोमा नेपाली बजारमा भने यो कार्बुरेटर इन्जिनयुक्त छ । त्यसले गर्दा यसमा राइडिङ मोड पनि छैन ।
नेकेड स्ट्रिट डिजाइनको यो मोटरसाइकलमा एनिमालिस्टिक हेडल्याम्प, सिग्नेचर मोनोग्राम आदि उपलब्ध छ भने फर्स्ट इन क्लास अन्डर सिट स्टोरेज समेत छ । यसमा फाइभ स्टेप एड्जस्टेबल मोनोसक सस्पेन्सन, सिंक्रोनाइज्ड ब्रेकिङ पर्फमेन्स र फराकिला टायर छन् ।

१८० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो बाइकले ५.९ सेकेन्डमै ० देखि ६० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ ।

स्पोर्टी स्टाइल मन पराउने ग्राहकलाई मध्यनजर गरी टीभीएसले यसमा फंकी हेडलाइट, मस्कुलर ट्यांकी, सार्प बेली प्यान र स्प्लिट सिट सेटअप राखेको छ । यसमा भएको एलईडी टेललाइट पनि युनिक छ ।

टीभीएस राइडरमा १२४।८ सीसीको थ्री भल्व, इन्जिन छ, जसले ११.४ एचपी पावर र ११.२ एनएम टर्क जेनेरेट गर्छ । उक्त फ्युल इन्जिनलाई फाइभ स्पिड गियरबक्सका साथ पेयर गरिएको छ । टीभीएसले यो बाइकले ६७ किलोमिटर प्रतिलिटरको माइलेज दिने दाबी गरेको छ ।

यो बाइकमा टेलिस्कोपिक फोर्क र मोनोसक सस्पेन्सन छ । अघिल्लो भागमा २४० एमएम डिस्क ब्रेक र पछिल्लो भागमा १३० एमएम ड्रम ब्रेक छ । बाइकमा १७ इन्चको अलोय ह्विल छ । यसमा १ हजार ३२६ एमएमको ह्विलबेस र ७८० एमएमको सिट हाइट छ । यसमा १० लिटरको इन्धन ट्यांकी छ भने कर्ब वेट १२३ किलोग्राम छ ।

टीभीएस रेडर १२५ को मूल्य २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

मलेसियन प्रिमियम इन्टेलिजेन्ट एसयूभी प्रोटोन एक्स७० असार १६ गते लन्च हुने

मलेसियन प्रिमियम इन्टेलिजेन्ट एसयूभी प्रोटोन एक्स७० असार १६ गते लन्च हुने

काठमाडौं – आगामी असार १६ गते बुधबार नेपाली बजारमा मलेसियन प्रिमियम...

पल्सरसँग प्रतिस्पर्धा गर्ने १२५ सीसी मोटरसाइकल आज सार्वजनिक गर्दै टीभीएस

पल्सरसँग प्रतिस्पर्धा गर्ने १२५ सीसी मोटरसाइकल आज सार्वजनिक गर्दै टीभीएस

टीभीएस मोटर कम्पनीले सामाजिक सञ्जालमा आगामी दिनमा बजारमा उपलब्ध हुने...

टिएफटी डिस्प्ले थप भएर आयो टिभिएस रेडरको नयाँ भेरिएन्ट

टिएफटी डिस्प्ले थप भएर आयो टिभिएस रेडरको नयाँ भेरिएन्ट

टिभिएस मोटर्सले रेडरको फिचर्समा अपडेट गरेर नयाँ भेरिएन्ट सार्वजनिक गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...