यस्तो छ बजाजले हालै सार्वजनिक गरेको पल्सर एफ२५० का ५ विशेषता

बजाजले भारतीय बजारमा नयाँ पल्सर २५० सीसी बाइक रेन्ज लन्च गरेको छ । दुई भेरिएन्ट एन२५० र एफ२५० मा यो मोटरसाइकल लन्च गरिएको छ । यससँगै बजाजको नयाँ पल्सर २५० सिरिजको बारेमा चर्चा शुरु भएको छ ।

पल्सर एन२५० नेकेड रोडस्टर मोटरसाइकल हो भने एफ२५० सेमी फेयर्ड डिजाइनमा उपलब्ध छ । पल्सर एफ२५० को ५ मुख्य विशेषता वारेमा यहाँ चर्चा गरिएको छ ।

डिजाइन
डिजाइनको मामिलामा बजाजले २५० सीसी बाइकमा सबैभन्दा ठूलो अपडेट गरेको छ । नयाँ पल्सर एफ२५० मा सेमी फेयर्ड डिजाइनका साथ एक लामो विन्डस्क्रिन, मस्कुलर १४ लिटरको इन्धन ट्यांकी, स्टेप–अप सिट, स्प्लिट स्टाइल टेललाइट र ट्विन ब्यारेल एक्जस्ट दिइएको छ । त्यसैगरी यसमा ड्युअल टोन काउलको पनि उपयोग गरिएको छ । यसले मोटरसाइकललाई स्पोर्टी स्टाइलमा प्रस्तुत गर्न थप सहयोग गरेको छ ।

यो बाइकको रियर प्यानल बजाज डोमिनार जस्तै देखिन्छ भने स्प्लिट स्टाइल अलोय ह्विल पल्सर एनएस रेन्ज जस्तै छ । हाल यो मोटरसाइकल रेसिङ रेड कलरमा मात्र उपलब्ध भए पनि भविष्यमा अन्य कलरमा समेत उपलब्ध हुने बताइएको छ ।

फिचर
बजाज पल्सर एफ२५० मा सिंगल पोड एलईडी हेडलाइट उपलब्ध छ । यसको पछिल्लो भागमा स्प्लिट स्टाइल एलईडी टेललाइट उपलब्ध छ, जुन पुरै नयाँ डिजाइनमा छ । सेमी डिजिटल युनिटयुक्त इन्स्ट्रयुमेन्ट क्लस्टरले स्पिड र डिस्टेन्सका अलावा गियर पोजिसन, इन्धनको बचत र उपलब्ध रेन्जको वारेमा जानकारी दिन्छ ।

इन्जिन
एफ२५० बजाजले हाल बजारमा उपलब्ध गराएको सबैभन्दा ठूलो इन्जिनयुक्त मोटरसाइकल हो । यो मोटरसाइकल एफआई प्रविधिका साथ २४९.०७ सीसीको सिंगल सिलिन्डर, आयलकुल्ड इन्जिन उपलब्ध छ, जसले ८,७५० आरपीएममा २४.१ बीएचपी पावर ६,५०० आरपीएममा २१.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स दिइएको छ, जसले असिस्ट र स्लिपर क्लच फङसनका साथ आउछ ।

सस्पेन्सन र ब्रेक
पल्सर एफ२५० ट्युबुलर च्यासिसमा तयार गरिएको हो । यसको सस्पेन्सन सेटअपमा ३७ एमएम टेलिस्कोपिक फ्रन्ट फोर्क र नाइट्रोक्सका साथ रियर मोनोसक छ । त्यसैगरी अघिल्लो पांग्रामा ३०० एमएम र पछिल्लोमा २३० एमएमको डिस्क ब्रेक छ । ब्रेकिङलाई मजबुत बनाउनका लागि सिंगल च्यानल एबीएस पनि दिइएको छ । यसमा १७ इन्चको अलोय ह्विल छ भने कर्ब वेट १६४ किलोग्राम छ ।

मूल्य र प्रतिस्पर्धा
पल्सर एफ२५० को मूल्य १ लाख ४० हजार भारु तोकिएको छ । यसको प्रतिस्पर्धा सुजुकी जिक्सर एसएफ २५०, यामाहा एफजी २५०, केटीएम २५० ड्युक र हस्कभर्ना भिटपिलेन २५० सँग हुनेछ ।

जिक्सर एसएफ २५० को मूल्य ५ लाख २ हजार, यामाहा एफजी २५० को मूल्य ४ लाख ६३ हजार, केटीएम २५० ड्युकको मूल्य ७ लाख २५ हजार र हस्कभर्ना भिटपिलेन २५० को मूल्य ५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा हाल उपलब्ध बजाज पल्सर २२०एफ एबीएसको मूल्य ३ लाख ६० हजार रुपैयाँ छ । आगामी दिनमा नेपाली बजारमा उपलब्ध भएमा पल्सर एफ२५० को मूल्य ४ लाख ५० हजार रुपैयाँको हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

बजाजको ५ दिनका लागि मात्र अफर : शून्य प्रतिशत ब्याजदर, १८ महिना किस्ताबन्दी

बजाजको ५ दिनका लागि मात्र अफर : शून्य प्रतिशत ब्याजदर, १८ महिना किस्ताबन्दी

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

बजाजको वेबसाइटबाट हट्यो पल्सर एन १५०, के बन्द गर्न लागिएको हो ?

बजाजको वेबसाइटबाट हट्यो पल्सर एन १५०, के बन्द गर्न लागिएको हो ?

१५० सिसी सेग्मेन्टमा सबैभन्दा पावरफुल मानिने बजाज पल्सर एन १५० लाई...

पल्सर सिरिजको सबैभन्दा सानो मोटरसाइकल ‘पल्सर एनएस १२५’ नेपालभर उपलब्ध

पल्सर सिरिजको सबैभन्दा सानो मोटरसाइकल ‘पल्सर एनएस १२५’ नेपालभर उपलब्ध

काठमाडौँ – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...