पल्सर १५० किन्दा रोशनले जिते १० लाख पुरस्कार
काठमाडौ – माछित्जीत्कैया–६, लग्मा निवासी रोशन साफिले ओम अटोमोबाइल,...
बजाज अटोले पावरफुल बाइक बजाज डोमिनार ४०० को अपडेटेड मोडल भारतमा लन्च गरेको छ । नयाँ बजाज डोमिनार ४०० मा फ्याक्ट्री फिट टुरिङ एसेसरिजको साथमा पेश गरिएको छ, जसले यो बाइकमार्फत लामो दूरीको यात्रा गर्न सजिलो बनाउँछ ।
२०२२ बजाज डोमिनार ४०० को मूल्य २ लाख १७ हजार भारु तोकिएको छ । सो बाइक अरोरा ग्रीन र चारकोल ब्ल्याक कलरमा उपलब्ध छ ।
नयाँ बजाज डोमिनारमा ठूलो विन्डस्क्रिनको प्रयोग गरिएको छ र यो सीएफडी प्रविधिले सुसज्जित रहेको छ । यसको साथै फ्लेक्सी विङ्लेटले सुसज्जित जेट फाइटर इन्स्पायर्ड ह्यान्डगार्ड पनि देख्न सकिन्छ । टुरिङ बाइकमा यस्तो विंड प्रोटेक्टर गार्डको आवश्यकता पनि छ ।
बजाज अटोले नयाँ बजाज डोमिनार ४०० मा लगेज क्यारियर र ब्याक स्टपर पनि दिएको छ । यसको साथै मेटल स्किड प्लेटको साथमा नयाँ इन्जिन बास प्लेट पनि समावेश गरिएको छ । जसले बाइकको इन्जिनलाई सुरक्षा प्रदान गर्छ । यसको साथै नयाँ लेग गार्ड, नेभिगेसन सपोर्ट, युएसबी चार्जिङ पोर्ट, डिस्क ब्रेक र डुअल च्यानल एबीएस सिस्टम सहित अन्य फिचर समावेश गरिएको छ ।
सो बाइकमा ३७३.३ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड डीओएचसी फ्युल इन्जेक्टेड इन्जिन समावेश गरिएको छ । जसले ४० पीएसको पावर र ३५ एनएमको टर्क जेनेरेट गर्छ । नयाँ बजाज डोमिनारमा पनि ६ स्पिड गियरबक्स समावेश गरिएको छ ।
सो बाइकले रोयल इन्फिल्ड न्यू क्लासिक ३५० र होन्डा सीबी३५०आरएस सहित अन्य बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौ – माछित्जीत्कैया–६, लग्मा निवासी रोशन साफिले ओम अटोमोबाइल,...
काठमाडौं – नेपालमा पछिल्लो समय आम नागरिकको पहुँच बाट टाढा हुनेगरी...
काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...