अक्टोबर २८ मा लन्च हुने भयो २५० सीसीको पल्सर, आयो अफिसियल टिजर भिडियो

नयाँ पल्सर २५० आगामी अक्टोबर २८ देखि भारतीय बजारमा बिक्रीका लागि उपलब्ध हुने भएको छ । यो भन्दा पहिले कम्पनीले सो मोडलको आधिकारिक टिजर सार्वजनिक गरेको छ । टिजर भिडियोमा नयाँ पल्सर २५० को एक्सटेरियर डिजाइन देखाइएको छ । यसबाट पल्सर लाइनमा यो प्रमुख मोडल बन्ने अनुमान गर्न सकिन्छ ।

आकर्षक लुक र पावरफुल इन्जिनयुक्त नयाँ पल्सर २५० धेरै पहिले देखि नै युवाहरुका लागि प्रतीक्षारत बाइक हो । बाइकको एक्सटेरियर डिजाइनका साथ बाइकको केही प्रमुख फिचर पनि यसबाट खुलासा भएको छ ।

यसमा नयाँ पल्सर २५० को इन्जिन लेआउट पनि देखाइएको छ । बाइकमा सिंगल सिलिन्डर आयलकुल्ड इन्जिन दिइएको छ । सो इन्जिन पल्सर २२०एफ मोटरसाइकलमा उपलब्ध पावरट्रेनको रिबोर भर्सन हुन सक्ने सम्भावना छ । सो इन्जिनले करिव २६ पीएसको पावर र २२ एनएमको टर्क जेनेरेट गर्छ । यद्यपि यसको आधिकारिक जानकारी अक्टोबर अन्त्यमा नै सार्वजनिक हुनेछ ।

लुक र डिजाइनका आधारमा हेर्दा नयाँ पल्सरमा हाल उपलब्ध २२०एफ मोडल जस्तै सेमी फेयर्ड डिजाइन हुनेछ । स्प्लिट सिट र टेलिस्कोपिक फ्रन्ट फोर्क्सका साथ फेयरिङ माउन्टेड रियरभ्यु मिरर हुनेछ । बाइकको इन्स्ट्रयुमेन्टल प्यानल कस्तो हुनेछ भन्ने वारेमा कम्पनीले केही बताएको छैन । यद्यपि यसमा सेमी डिजिटल प्यानल हुने सम्भावना छ ।

टिजर अनुसार बाइकमा चमकदार एलईडी डीआरएल हुनेछ भने एक भेरिएन्टमा प्रोजेक्टर हेडल्याम्प पनि हुनेछ । बाइकमा अलोय ह्विल र इन्जिन प्रोटेक्सनका लागि बेली प्यान समेत उपलब्ध हुनेछ ।

पल्सर २५० को आधिकारिक भिडियो यहाँ हेर्न सकिन्छ ।

नेपाली बजारमा समेत केही समय पछि यो मोटरसाइकल उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यद्यपि कहिले देखि भनेर अहिले नै भन्न सकिदैन ।

सम्बन्धित समाचारहरू

बजाजको पहिलो सीएनजी बाइकको डिजाइन लन्च हुनुअघि नै लिक

बजाजको पहिलो सीएनजी बाइकको डिजाइन लन्च हुनुअघि नै लिक

बजाजले चाँडै नै आफ्नो पहिलो सीएनजी बाइक भारतीय बजारमा ल्याउने तयारी...

भृकुटीमण्डपमा बजाज एक्सचेन्ज महा मेला, बाइक एक्सचेन्जदेखि कलाकारको प्रस्तुतिसम्म

भृकुटीमण्डपमा बजाज एक्सचेन्ज महा मेला, बाइक एक्सचेन्जदेखि कलाकारको प्रस्तुतिसम्म

काठमाडौं – नेपालमा बजाज मोटरसाइकलको अधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

पल्सर एनएस २०० को फिचरमा कटौती, मूल्य पनि सस्तो हुने

पल्सर एनएस २०० को फिचरमा कटौती, मूल्य पनि सस्तो हुने

बजाजले आफ्नो लोकप्रिय मोडल पल्सर एनएस २०० को सस्तो भेरिएन्ट लन्च गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...