बजाजका ४०० सीसी र २५० सीसी बाइकमा ५ हजार मात्र फरक : फाइनान्स जात्राले झन सहज
काठमाडौं – नेपाली बजारमा बिक्री भइरहेका बजाजका दुई मोटरसाइकल डोमिनार ४००...
फेस्टिभल सिजनको सुरुवातसँगै नेपालका तीन ठूला टु ह्विलर ब्रान्ड टीभीएस, यामाहा र बजाजले भृकुटीमण्डपमा महा एक्सचेन्ज मेला आयोजना गरे । यी तीनवटै कम्पनीको मेलामा दर्शकको सहभागिता र कारोबार भएको मोटरसाइकल तथा स्कुटरले अहिले चर्चा बटुल्न थालेको छ ।
असोज १ देखि ६ गतेसम्म टीभीएसले अयोजना गरेको मेलामा १ हजार हाराहारी मोटरसाइकल र स्कुटर एक्सचेन्ज भएको दाबी गरिएको छ भने यामाहाले १ हजार ९ युनिट मोटरसाइकल र स्कुटर एक्सचेन्ज गरेको दाबी गरेको छ ।
यामाहाले असोज ८ देखि १५ गतेसम्म मेला अयोजना गरेको थियो । हाल सञ्चालन भैरहेको बजाजको मेलामा भने दर्शक र एक्सचेन्ज गर्न चाहने ग्राहकको खासै भिडभाड देखिदैन । असोज १७ देखि बजाज एक्सचेन्ज मेला आयोजना भैरहेको छ । २३ गतेसम्म चल्ने उक्त मेलामा हुने एक्सचेन्ज संख्या भने पछि नै थाहा हुनेछ । टीभीएस र यामाहाले पहिले नै मेला आयोजना गरी ग्राहकलाई इन्गेज गराइसकेका कारण पनि यसपाली बजाजको कारोबार सोचेअनुरुप नहुने एक डिलर प्रतिनिधिले नेपाल अटोलाई बताए ।

यी तीन ब्रान्डले आयोजना गरेको मेलाले देखाएको परिणामलाई हेर्दा यामाहा ब्रान्डमा रुचि राख्ने ग्राहकको संख्या बढ्दै गएको अनुमान लगाउन सकिन्छ । मेला स्थलबाटै सार्वजनिक गरिएको एमटी १५ बीएस६ का कारण पनि यामाहामा दर्शकको भिडभाड बाक्लै देखिएको थियो । मेलामा एफजी सिरिजका बाइक र रेजीआर स्कुटरको बिक्री उल्लेख्य भएको आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले बताए । पहिलो लटमा ल्याइएको १८० युनिट एमटी १५ बुकिङ खुल्ला गरिएको केही समयभित्रै सोल्ड आउट भएका कारण थप बुकिङलाई दशै लगत्तै नयाँ लट ल्याएर हस्तान्तरण गरिने उनको भनाइ छ ।
एक्सचेन्ज मेलामा ग्राहकले देखाएको उत्साहजनक सहभागितालाई आधार मान्दै उनले भने ‘भारतीय बजारमा सार्बजनिक भएर टेस्टेड भैसकेपछि मात्र नेपाल भित्र्याउने आफूहरुको रणनीतिका कारण पनि यामाहा बाइकमा ग्राहकहरुको आकर्षण बढिरहेको छ ।’ भारतमा सार्बजनिक भए लगत्तै हतार गरेर नेपाल भित्र्याउदा कतिपय मोटरसाइकल र स्कुटरमा समस्या देखिएका कारण यामाहा यो बिषयमा संवेदनशील रहेको उनले बताए । यामाहामा ग्राहकले देखाएको विश्वास र गुणस्तरिय उत्पादनका कारण अबको २ बर्षभित्र नेपालको नम्वर १ ब्रान्ड बन्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । बीएस६ मोडललाई नेपाल भित्र्याउने मामिलामा समेत यामाहा अग्रस्थानमा रहेको छ । यो कम्पनीले हालसम्म फेसिनो र रेजीआर स्कुटरको साथै एमटी १५ को बीएस६ भर्सन नेपाल भित्र्याइसकेको छ ।
कोरोना महामारीका बावजुद अत्याधिक संख्यामा एनटर्क स्कुटरको बिक्री गर्न सफल टीभीएसले एनटर्ककै नयाँ भर्सन आरटीएफआई, आरटीआर १६० ४भी र आरटीआर २०० ४भीलाई नेपाल भित्र्याएको छ । जसमध्ये एनटर्क आरटीएफआई र आरटीआर २०० ४भी बीएस६ मापदण्डका हुन् । मेलामा यी तीन बाइकको कारोबार उच्च रहेको आधिकारिक बितरक जगदम्बा मोटर्सका बजार प्रमुख बिक्रम पौडेलले बताए । पौडेलका अनुसार लुक्स तथा डिजाइन र पावर तथा पर्फमेन्स खोज्ने युवा पुस्ताले टीभीएस ब्रान्डलाई सबैभन्दा बढी रुचाएका छन् ।

तर टीभीएसको कुल हिस्सामा सबैभन्दा बढी योगदान दिँदै आएको एनटर्क स्कुटरको बिक्री पछिल्लो समय कम हुँदै गएका कारण उसको बजार समेत प्रभावित बन्ने देखिन्छ । यद्यपि टीभीएसले हालसालै भारतीय बजारमा ल्याएको राइडर १२५ सीसीले यो सेग्मेन्टमा राम्रो प्रभाव पार्ने अनुमान गरिएको छ । यो सेग्मेन्टमा राइडरले राम्रो प्रभाव पारे टीभीएसको बजार हिस्सा पहिलेकै अनुपातमा रहने देखिन्छ ।
त्यसैगरी मेलास्थलमा कुनैपनि नयाँ मोटरसाइकललाई प्रदर्शन गर्न नसकेको बजाज ब्रान्डमा भने खासै रौनक देखिएको छैन । बजाजले बिगत डेढ बर्षयता कुनैपनि नयाँ मोडललाई बजारमा उतार्न सकिरहेको छैन भने उसले कारोबर गर्ने सबै मोटरसाइकल बीएस४ मापदण्डका हुन् । एभेन्जर २२० बाहेक सबै मोडलका बाइकलाई नेपालमै एसेम्बल गर्दै आइरहेको बजाजको सर्बाधिक लोकप्रिय मोडल पल्सर १५०, एनएस २०० र पल्सर २२० एफको बिक्री समेत पछिल्लो समय प्रभावित बनिरहेको छ । यो सेग्मेन्टमा बजाजलाई यामाहा र टीभीएसले कडा टक्कर दिइरहेको छ । त्यसैगरी हिरो एक्सपल्स र होन्डा हर्नेटले समेत बजार हिस्सा बढाउँदै लगेका कारण पल्सर सिरिजको बजार प्रभावित बन्ने देखिएको हो ।
काठमाडौं – नेपाली बजारमा बिक्री भइरहेका बजाजका दुई मोटरसाइकल डोमिनार ४००...
बजाज अटोले पल्सर एनएस १६० र एनएस २०० को २०२४ संस्करण ल्याएको छ । ई–२०...
काठमाडौं – मलेसियन कार निर्माता कम्पनी प्रोटोनको कम्प्याक्ट एसयूभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...