नयाँ इन्स्ट्रयुमेन्ट क्लस्टरका साथ देखियो बजाज डाेमिनार ४००, चाँडै लन्च हुने अपेक्षा
बजाज अटोले चाँडै नै आफ्नो अपडेटेड डोमिनार ४०० सहित भारतीय दुई पाङ्ग्रे...
काठमाडौं – नेपालमा बजाज मोटरसाइकलको अधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ बजाज एक्सचेन्ज महा मेला अफर ल्याएको छ । यो अफरं असोज १७ गते देखि असोज २३ गते सम्म काठमाडौँको भृकुटी मण्डपमा लागू हुनेछ ।
यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइक लिएर आउन सक्ने छन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन् । यसमा १८ भन्दा बढी भ्यालुएटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसन भन्दा १० हजार रुपैँया थप गरिदिइने कम्पनीको भनाइ छ ।
यसका अतिरिक्त, बजाज नेपालले ५० प्रतिशत डाउन पेमेन्टमा ० प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको छ ।
एक भाग्यशाली विजेताले सामसङ एम सिरिज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउने छन् ।
सो मेगा इभेन्टमा थुप्रै कलाकारहरुको प्रदर्शन पनि सामेल हुनेछ जसमा १७ असोजको दिन हास्य कलाकार सुमन कार्की, १९ असोजको दिन गायक प्रकाश सपुत, २१ असोजको दिन गायक प्रमोद खरेल र २३ असोजको दिन गायक शिव परियारको प्रदर्शन रहनेछ ।
बजाजले हाल ‘बजाज खुसीको ३ डोज’ नामक आफ्नो दशैं अभियान चलाइरहेको छ । ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले, किन्ने बखतमा र किनि सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।
ग्राहकहरुले बाइक किन्नु भन्दा पहिले १० हजार सम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन्। त्यस बाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरिदको दौरानमा १ लाख सम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसके पछि १० लाख सम्मको नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।
बजाज अटोले चाँडै नै आफ्नो अपडेटेड डोमिनार ४०० सहित भारतीय दुई पाङ्ग्रे...
नेपाली बजारमा नयाँ विकल्पको रुपमा बजाज चेतक ३५०१ इलेक्ट्रिक स्कुटर...
नेपाली बजारमा पछिल्लो समयमा भित्रिएको बजाजको नयाँ मोटरसाइकल हो पल्सर २००...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...