यस्तो हुनेछ हिरोको नयाँ मोटरसाइकल एक्सपल्स २०० ४भी, टिजर भिडियो सार्वजनिक

हिरो मोटोकर्पले आफ्नो लोकप्रिय एक्सपल्स रेन्जमा एक नयाँ एडिसन लन्च गर्ने तयारी गरेको छ । ड्युअल परपोज उक्त मोटरसाइकलको खास विशेषता यसमा हुने चार भल्व हुनेछ, जुन केही दिन पहिले भारतीय सडकमा परीक्षणको समयमा देखिएको थियो । कम्पनीले सो बाइकको नाम हिरो एक्सपल्स २०० ४भी राखेको छ ।

हिरोले आधिकारिक रुपमा लन्च भन्दा पहिले एक टिजर जारी गरेको छ । उक्त छोटो भिडियो क्लिपमा मोटरसाइकलको एक्सटेरियर बडी डिटेलको केही जानकारी सार्वजनिक भएको छ । त्यसैगरी यो मोटरसाइकल डिलरहरुमा पनि देखिएको छ ।

भिडियोमा मोटरसाइकलमा भएको ब्लु र ह्वाइट फ्रन्ट फेन्डरको वारेमा थाहा भएको छ, जुन पहिले पनि स्पाई तस्बिरमा देखिएको थियो । त्यसैगरी यो बाइकमार्फत राइडरलाई सानदार अफरोड एक्सपेरियन्स दिनका लागि हिरोको र्याली किट प्रयोग हुनेछ ।

त्यसैगरी यसको सबैभन्दा ठूलो परिवर्तन इन्जिनमा हुनेछ । कम्पनीले पहिले प्रयोग भएको दुईको सट्टामा चार भल्वको प्रयोग गर्नेछ । यसको अर्थ एक्सपल्स २०० ४भीमा भएको इन्जिन पहिलेको एक्सपल्सको तुलनामा रिफाइन्ड र भाइब्रेसन मुक्त हुनेछ ।

यो बाइकमा १९९.ट सीसी, आयलकुल्ड इन्जिनको नयाँ फोर भल्व भर्सन प्रयोग गरिएको छ । फोर भल्व हेडको प्रयोग पश्चात हाई स्पिडको अवस्थामा इन्जिनको पर्फमेन्स सुधार हुने सम्भावना छ । बाइकको समग्र पावर र टर्क सामान्यतः पहिलेकै जस्तो हुने सम्भावना छ । हालको मोडलले १७.८ बीएचपीको पावर र १६.४५ एनएमको टर्क जेनेरेट गर्छ ।

यी वाहेक हिरो एक्सपल्स २०० ४भीको हार्डवेयरमा कुनै परिवर्तन गरिने छैन । यसमा हालकै सस्पेन्सन सेटअपको प्रयोग गरिने छ ।

नयाँ एक्सपल्स २०० ४भीको मूल्य अहिले नै यति पर्छ भन्न सकिदैन । यद्यपि हाल भारतीय बजारमा भएको एक्सपल्स २०० को मूल्य भन्दा करिव ५ हजार देखि १० हजार भारु बढ्ने अनुमान गरिएको छ ।

नेपाली बजारमा हाल उपलब्ध एक्सपल्स २०० को मूल्य ४ लाख २ हजार रुपैयाँ छ । फोर भल्वयुक्त एक्सपल्स २०० आयो भने करिव २० हजार महंगो हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

भारतमा पहिलो पटक हिरोलाई पछि पा-यो टीभीएसले, होन्डा पहिलो नम्बरमा

भारतमा पहिलो पटक हिरोलाई पछि पा-यो टीभीएसले, होन्डा पहिलो नम्बरमा

भारतीय अटोमोबाइल उद्योगमा गत फेब्रुअरी महिना निकै नै रोचक रहेको छ । भारतको...

हिरोको ‘एक्सप्लोर विथ एक्सपल्स’ राइड शुरु, ३० भन्दा धेरै एक्सपल्स राइडर लोमान्थाङ प्रस्थान

हिरोको ‘एक्सप्लोर विथ एक्सपल्स’ राइड शुरु, ३० भन्दा धेरै एक्सपल्स राइडर लोमान्थाङ प्रस्थान

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ...

किफायती मूल्य र नयाँ सुविधासहित हिरो भिडाको नयाँ स्कुटर लन्च हुँदै

किफायती मूल्य र नयाँ सुविधासहित हिरो भिडाको नयाँ स्कुटर लन्च हुँदै

हिरो मोटोकर्पको इलेक्ट्रिक सहायक कम्पनी भिडाले नयाँ स्कुटर भीएक्स२ लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...