यामाहा महा एक्सचेन्ज मेला : ५ सय बढी बाइक स्कुटर एक्सचेन्ज, आकर्षण एमटी १५ बीएस६

काठमाडौं – भृकुटीमन्डपमा जारी यामाहा महा एक्सचेन्ज मेला आज पाँचौ दिनमा प्रवेश गरेको छ । असोज ८ देखि अयोजना भैरहेको मेला १५ गतेसम्म चल्नेछ । हालसम्म ५ सय बढी बाइक तथा स्कुटर एक्सचेन्ज भएको मेला अयोजक तथा आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले बताएको छ ।

मेलामा यामाहाका बिभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर प्रदर्शनीमा राखिएको छ भने ग्राहकले सोही स्थलबाट आफूलाई चाहिएको बाइक खरिद तथा सट्टापट्टा गर्न सक्नेछन् । यामाहाको एफजी सिरिजका मोटरसाइकल र स्कुटरलाई दर्शकले रुचिपूर्वक अबलोकन गरेको कम्पनी स्रोतको भनाइ छ ।

मेलाको प्रमुख आकर्षणका रुपमा एमटी १५ बिएस६ लाई लिइएको छ । हिजो मेलास्थलबाटै सार्वजनिक गरिएको यो बाइकका बारेमा मेला शुरु हुनुअघिबाटै अत्यधिक चासो व्यक्त हुँदै आइरहेको थियो । मेलाको पहिलो दिन बुकिङ खल्ला गरिएको यो बाइक २ दिनभित्रै १८० युनिट बिक्री भैसकेको समेत जनाइएको छ । नेपाल भित्रिएको पहिलो लट पुरै बिक्री भैसकेका कारण नयाँ बाइक लिन राइडरले अब केही समय प्रतीक्षा गर्नुपर्नेछ ।

पहिलेको एमटी १५ को तुलनामा केही फिचर्स अपग्रेड भई आएको यो बाइकमा एबीएस, एफआई इन्जिन, डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र एलईडी हेडलाइट जस्ता फिचर्स थप गरिएको छ । ३ भिन्न कलर अप्सनमा उपलब्ध यो बाइकको मूल्य ४ लाख ४९ हजार ९ सय, ४ लाख ५४ हजार ९ सय र ४ लाख ५९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपालकै सबैभन्दा द्रुत गतिको अल्टिमेट स्कुटर यामाहा एरोक्स १५५ (फोटोफिचर)

नेपालकै सबैभन्दा द्रुत गतिको अल्टिमेट स्कुटर यामाहा एरोक्स १५५ (फोटोफिचर)

काठमाडौं – यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

बुढानीलकण्ठमा यामाहाको नयाँ ‘थ्रिएस’ शोरूम विस्तार

बुढानीलकण्ठमा यामाहाको नयाँ ‘थ्रिएस’ शोरूम विस्तार

काठमाडौं–यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ...

यामाहाले ल्यायो एरोक्समा आधारित अर्को नयाँ स्कुटर

यामाहाले ल्यायो एरोक्समा आधारित अर्को नयाँ स्कुटर

काठमाडौं–जापनिज टु ह्विलर निर्माता यामाहाले १५५ सिसीमा अर्को नयाँ स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...