मोटोजीपी अवलोकनका लागी यामाहा नेपालले पठायो ९ जना राइडरलाई भारत
काठमाडौं– भारतमा आयोजना हुने पहिलो मोटोजीपी अवलोकनका लागी ९ जना राइडर...
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले भोलिदेखि बीएस६ भर्सनको एमटी–१५ मोटरसाइकल नेपाली बजारमा बिक्री प्रारम्भको घोषणा गर्ने भएको छ । राजधानीको भृकुटीमण्डपमा जारी यामाहा महा एक्सचेन्ज मेलामार्फत यसको बिक्री प्रारम्भ गरिने बताइएको छ ।
केही दिनका लागि यो मोटरसाइकलको मूल्य ४ लाख ५० हजार रुपैयाँ तोकिने कम्पनी स्रोतको भनाइ छ । हाल नेपाली बजारमा उपलब्ध बीएस४ मोडलको एमटी–१५ को मूल्य ४ लाख ४२ हजार ९ सय रुपैयाँ छ ।
एमटी–१५ मा बीएस६ मापदण्डयुक्त १५५ सीसी लिक्विडकुल्ड फोरस्ट्रोक एसओएचसी फोर भल्व इन्जिन हुनेछ, जसले १८.५ पीएस पावर र १३.९ एनएम टर्क जेनेरेट गर्छ ।
पहिले बजारमा उपलब्ध बीएस४ इन्जिनयुक्त एमटी–१५ को तुलनामा यसमा मेकानिकल बाहेक अन्य कुनै फिचरमा परिमार्जन गरिएको छैन । यसको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक दिइएको छ । डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल रहेको यो मोटरसाइकलमा एलइडी हेडलाईट र एबीएसको विशेषता रहेको छ ।
काठमाडौं– भारतमा आयोजना हुने पहिलो मोटोजीपी अवलोकनका लागी ९ जना राइडर...
काठमाडौं – यामाहा एरोक्स १५५ स्कुटरको नेपालमा बिक्री शुरु भएको छ । यामाहा...
स्कुटरलाई सबैभन्दा सुविधाजनक सवारीसाधनको रूपमा लिइन्छ । कार्यालय, कलेज वा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...