हिरोले ल्यायो आहा दशै अफर, मोटरसाइकल वा स्कुटर किन्दा ७,५०० पक्का डिस्काउन्ट देखि १ लाख बम्पर
काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक नेपाल...
हिरो मोटोकर्पले एक्सपल्स २०० लाई अझै नयाँ भर्सनमा ल्याउँदै छ । हालै परीक्षणको क्रममा देखिएको बाइकको ट्यांकमा ‘४ भल्व’ लेखिएको स्टिकर स्पष्ट देखिन्छ, जसबाट मोटरसाइकलमा ठूलै परिवर्तन हुन थालेको संकेत पाइन्छ ।
बीएस६ भर्सनमा आयलकुल्ड इन्जिन ल्याए पश्चात यो फेरि अर्को परिवर्तन हुनेछ । हिरोले यसको इन्जिनमा समेत केही परिवर्तन ल्याउदै छ र यसमा ड्युअल ओभरहेड क्यामसाफ्ट पनि हुन सक्ने अनुमान गरिएको छ । फोर भल्व हेडसहितको मोटर निर्माण गर्न टु भल्व इन्जिनको तुलनामा केही गाहे हुने भए तापनि यसले अझै धेरै एयरफ्लो गराउन र प्रभावकारी रुपमा फ्युल कम्बसन गर्नमा सहयोग गर्छ । यसले मोटरको पावर पनि बढाउछ ।
हाल बजारमा उपलब्ध एक्सपल्सले १७.८ बीएचपी पावर र १६.४५ एनएम टर्क जेनेरेट गर्छ । यो टु भल्व एसओएचसी इन्जिनयुक्त एक्सपल्स हो ।
परीक्षण गरिएको बाइक ब्लु कलरमा उपलब्ध छ । हाल उपलब्ध एक्सपल्स २०० कुनै पनि ब्लु कलरमा उपलब्ध छैन । यसका आधारमा आगामी दिनमा यो नयाँ कलर स्किममा समेत आउने अनुमान गर्न सकिन्छ ।
यो मोटरसाइकल पुरै प्रोडक्सन रेडी अवस्थामा देखिएको कारण यही फेस्टिभ सिजनमै यो भारतीय बजारमा उपलब्ध हुने अनुमान समेत गरिएको छ । यद्यपि नेपाली बजारमा भने त्यसपछि मात्र भित्र्याउनका लागि तयारी हुनेछ । यसको मूल्य र अन्य जानकारी पनि त्यही समयमा हुनेछ ।
काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक नेपाल...
हिरो मोटोकर्पले यसै हप्ताभित्र नयाँ बाइक लन्च गर्ने तयारी गरेको छ।...
हिरो मोटोकर्पले आफ्नो कम्यूटर वाइक प्यासन प्रोको उत्पादन वन्द गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...