फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा जेएमसीले उत्पादन गर्ने
फोर्डले आफ्नो लोकप्रिय एसयूभी ब्रोंकोको ईभी र प्लग–इन–हाइब्रिड संस्करण...
काठमाडौं – फोर्डले भारत छाड्ने निर्णय गरेपछि पहिलोपटक नेपालस्थित आधिकारिक बितरक जीओ आटोमोबाइल्सले आफ्नो आधिकारिक धारणा औपचारिक रुपमा सार्वजनिक गरेको छ । नेपालमा आफूहरुले बिक्री गरेको सवारीसाधनमा कुनै पनि प्रकारको समस्या आउन नदिने कम्पनीका प्रबन्ध निर्देशक आकाश गोल्छाले बताएका छन् ।
फोर्ड नेपालको आधिकारिक फेसबुक पेजमा भिडियो सन्देशमार्फत उनले भनेका छन्, ‘फोर्ड मोटरले भारतमा उत्पादन बन्द गर्ने समाचार सार्वजनिक भएलगत्तै नेपालमा रहनुभएका फोर्ड गाडीका ग्राहकहरुमा एक प्रकारको अन्यौलता देखिएको छ । फोर्डले भारतमा उत्पादन मात्र बन्द गर्न लागेको हो । उसले भारतको बजार पुरै छाड्न लागेको होइन । अन्य मुलुकबाट फोर्ड मोटर्सको उत्पादन आयात गरी बिक्री–वितरण गर्ने र यसअघि बिक्री भैसकेका गाडीहरुको सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराउने विषयमा फोर्ड आफैले प्रतिबद्धता जनाएका कारण नेपालमा रहनुभएका ग्राहक महानुभावहरु समेत ढुक्क रहनुहुन अनुरोध गर्दछौ ।’
भारतमा उत्पादन बन्द भएपनि अन्य राष्ट्रबाट फोर्डको उत्पादन आयात गरी बिक्री–वितरण जारी राख्ने उनको भनाइ छ । ‘हामीले यसअघि पनि भारतबाहेक अन्य मुलुकबाट फोर्डको रेन्जर र ¥याप्टर पिकअप तथा एभरेष्ट एसयूभी आयात गरी कारोबार गर्दै आइरहेका थियौ । भोलिका दिनमा यी गाडीको आयात निरन्तर हुँदै जाने र मस्टाङ्ग, ई–म्याच जस्ता इलेक्ट्रिक कार र अन्य प्रिमियम तथा मिडियम रेन्जका गाडी आयात गरी कारोबार निरन्तर जारी राख्नेछौ ।’
साथै उनले अबको १० बर्षसम्म सर्भिस र स्पेयर पार्टस् उपलब्ध गराउन आफूहरु प्रतिबद्ध रहेको दाबी गरे ।
फोर्डले आफ्नो लोकप्रिय एसयूभी ब्रोंकोको ईभी र प्लग–इन–हाइब्रिड संस्करण...
अमेरिकी अटोमोबाइल निर्माता फोर्ड मोटर कम्पनीले सन् २०२५ को चौथो...
विश्वकप फुटबलको समापनसँगै अर्जेन्टिनी खेलाडी लियोनल मेसीको चर्चा पनि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...