किस्ता नतिर्ने कारको इन्जिन रिमोटबाटै वन्द गर्न मिल्ने प्रविधीमा काम गर्दै फोर्ड मोटर
वैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर कार किन्ने तर समयमै किस्ता भुक्तानी...
भारतमा फोर्सको नयाँ गोर्खा सार्वजनिक भएको छ । बीएस६ इन्जिनयुक्त फोर्सको उक्त नयाँ एसयूभीको मूल्य भने आगामी सेप्टेम्बर २७ मा सार्वजनिक हुनेछ । डेलिभरी पनि त्यही दिन देखि शुरु हुनेछ ।
२०२० अटो एक्सपोमै कन्सेप्ट भर्सन सार्वजनिक गरिएको फोर्स गोर्खाको प्रोडक्सन भर्सन बल्ल सार्वजनिक गरिएको हो । सन् २०२० मे महिनामै सार्वजनिक गर्ने भनिए पनि कोरोना भाइरस संक्रमणका कारण यति ढिलाई हुन गएको हो ।
पुरानो भर्सनको तुलनामा नयाँ भर्सनमा केही कस्मेटिक र मेकानिकल परिवर्तन गरिएको छ भने केही फिचर समेत थप भएका छन् ।
नयाँ गोर्खामा इन्जिन पनि नयाँ राखिएको छ । यसमा २.६ लिटरको डिजेल इन्जिन छ, जसले ९१ एचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । यसमा फोर बाई फोर लो मोड छ भने ७०० एमएम वाटर वेडिङ डेप्थ छ ।
नयाँ गोर्खामा एलईडी लाइट र एलईडी डीआरएल, स्मार्टफोन कनेक्टिभिटी सहितको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, टीपीएमएस र कर्नरिङ हेडल्याम्प जस्ता नयाँ इक्विपमेन्ट उपलब्ध छन् ।

यसको इन्टेरियरमा पनि व्यापक परिवर्तन गरिएको छ । पहिले भन्दा लामो र फराकिलो भएकाले क्याबिन पनि फराकिलो छ । सबै चार प्यासेन्जरका लागि यसमा फ्रन्ट फेसिङ क्याप्टेन सिट छ । यसमा एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्ने टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम सहितको ड्यासबोर्ड छ । त्यसैगरी टिल्ट एन्ड टेलिस्कोपिक स्टेयरिङ ह्विल, पावर विन्डो आदि छन् । त्यसैगरी ड्युअल फ्रन्ट एयरब्याग, ईबीडी सहितको एबीएस, रियर पार्किङ सेन्सर आदि फिचर छन् ।
फोर्सको नयाँ गोर्खा नेपाली बजारमा पनि आउने सम्भावना छ । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले यो गाडी नेपाली बजारमा उपलब्ध गराउने बताइसकेको छ ।
नेपाली बजारमा समेत उपलब्ध भएमा फोर्सको नयाँ गोर्खा र महिन्द्राको नयाँ थार बीच प्रतिस्पर्धा हुनेछ । महिन्द्राले नेपाली बजारमा पहिले नै उपलब्ध गराउने बताए पनि भारतमा समेत थारको धेरै माग भएकाले अहिले सम्म उपलब्ध हुन सकेको छैन ।
वैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर कार किन्ने तर समयमै किस्ता भुक्तानी...
फोर्डले बजारबाट ३ लाखभन्दा बढी गाडी फिर्ता लिने भएको छ । अमेरिकाको नेशनल...
टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडले फोर्ड इन्डियाको सानन्द,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...